‘द राइज अफ साम्राज्य’को स्टारकास्टमा विजय बरालको प्रवेश

0 Shares

सिनेसुत्र, बिराटनगर- सौरभ चौधरीको निर्देशनमा बन्न लागेको नयाँ सिनेमा ‘द राइज अफ साम्राज्य’मा अभिनेता विजय बराल अनुबन्ध भएका छन्। सौगात मल्ल, दयाहाङ राई र नाजिर हुसेनपछि विजय सिनेमाको लाइनअपमा थपिएका हुन्।

निर्देशक चौधरीले सिनेमाको लाइनअपलाई थप बलियो बनाउने क्रममा विजयलाई अनुबन्ध गरिएको बताए। सिनेमाको लाइनअपलाई बलियो बनाउने प्रयास जारी छ । यसैक्रममा हामीले विजय बराललाई लिएका छौँ,” निर्देशक सौरभले भने, “हामी दर्शकको रोजाइमा रहेका र कथाले मागेका कलाकारलाई लिइरहेका छौँ।डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यो सिनेमा मल्टिस्टारर बन्ने संकेत यसको कलाकारको लाइनअपले गरेको छ। उपन्यासकार बुद्धिसागरले कथा तथा पटकथा लेखेको यो सिनेमा ‘एपिक एक्सन ड्रामा’ हुने निर्देशक चौधरीले बताएका छन्। सौरभ यसपटक अघिल्ला कामको तुलनामा अझ ठूलो क्यानभासमा सिनेमा निर्माण गर्ने योजनामा छन्। निर्माण पक्षले यसलाई नेपाली सिनेमाकै ठूलो स्केलको एक्सन सिनेमा हुने दाबी गरेको छ।

सिनेमाको छायांकन आगामी साताबाट सुरु हुनेछ। निर्माण टिमले ७० दिनको छायांकन तालिका तयार पारेको छ, जसको अधिकांश हिस्सा पूर्वी नेपालमा खिचिनेछ।

सिनेमाका निर्मातामा प्रवेश चौधरी र निला देव रहेका छन्। को–प्रोडुसरमा विश्वास बस्नेत (बेन) तथा कार्यकारी निर्मातामा शंकर पाण्डे छन्। मानकृष्ण महर्जन डीओपी रहने सिनेमाको एक्सन डिरेक्टरमा श्री श्रेष्ठ छन्। डिजिटल पार्टनरमा ओएसआर डिजिटल, पब्लिसिटी पार्टनरमा टौवा स्टुडियो र वितरकमा डिसीएन रहेका छन्।

सम्बन्धित समाचारसबै