शो विवादपछि निश्चल बस्नेतको ‘बेहुली फ्रम मेघौली’ ओटिटीमा रिलिज

0 Shares

सिनेसुत्र, बिराटनगर – दशैंको घटस्थापनाका अवसरमा असोज १७ गते हलमा रिलिज भएको सिनेमा ‘बेहुली फ्रम मेघौली’ अब ओटिटी प्लेटफर्म ‘एमएसएम भिडियो’मा उपलब्ध छ। सिनेमाले नेपाली बक्सअफिसमा पहिलो दिनमै ३४० शो पाउँदै ऐतिहासिक ओपनिङ गरेको थियो र प्रारम्भिक दिनहरूमा आक्रामक व्यापार पनि गर्‍यो। तर दोस्रो हप्तामा ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’, र ‘ज्वाइँ साप’जस्ता नयाँ सिनेमा रिलिजहरूले यसका शोहरू घट्न पुगे।

सिनेमाको राम्रो वर्ड अफ माउथ र दर्शकबाट सकारात्मक प्रतिक्रिया पाउँदा पनि सिनेमा हलहरूले पर्याप्त शो थप नगरेको भन्दै निर्माता तथा अभिनेता निश्चल बस्नेतले असन्तुष्टि व्यक्त गरेका थिए। हलहरूले बलिउड सिनेमालाई प्राथमिकता दिएकोमा उनले निराशा व्यक्त गर्दै, हलमा सिनेमाको शो घटेको देखेर आज कार्तिक ९ गते ‘एमएसएम भिडियो’मार्फत ओटिटीमा सिनेमा रिलिज गरिएको जानकारी दिएका छन्।

निश्चलले आफ्नो फेसबुक प्रोफाइलमार्फत दर्शकलाई ‘बेहुली फ्रम मेघौली’ हेर्न एमएसएम भिडियोको एप (आईओएस र एन्ड्रोइडमा उपलब्ध) डाउनलोड गर्न अनुरोध गरेका छन्। सिनेमामा निश्चल र स्वस्तिमा खड्कासँगै बसुन्धरा भुषाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट लगायतका कलाकारहरूको अभिनय रहेको छ।ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्म्सको ब्यानरमा बनेको यो सिनेमा सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशनमा तयार भएको डेब्यु प्रोजेक्ट हो। अभिनेत्री स्वस्तिमा खड्काको यो सिनेमा निर्माणमा निर्देशक तथा उनका श्रीमान निश्चलले सघाएका छन्। कार्यकारी निर्मातामा फिरोज खड्का र शंकर पाण्डे रहेका छन्।

विजय बरालको कास्टिङ डिरेक्शन, नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन र जयन जे वाइवा तथा कुशल पोखरेलको संगीतले सिनेमालाई थप आकर्षण दिएका छन्।

सिनेसुत्र पोडकास्ट हेर्नुहोस :

सम्बन्धित समाचारसबै