0
Shares
बिराटनगर, सिनेसुत्र – नेपाली सिनेमामा दसैँको समयमा दर्शकलाई आकर्षित गर्न निर्माण पक्षहरूबीच प्रतिस्पर्धा बढेको छ। यही क्रममा, ‘जेरी अन टप’का निर्माता सरोज न्यौपानेले नयाँ सिनेमा ‘फन फनी घुमेर’ निर्माण र रिलिज गर्ने घोषणा गरेका छन्।

‘फन फनी घुमेर’ अनन्या फिल्म्सको प्रस्तुतिमा भविष्य खड्कासँगको सहकार्यमा निर्माण हुनेछ। यस सिनेमाका कलाकार, निर्देशक, र प्राविधिक टिम भने अझै तय गरिएको छैन। निर्माण पक्षले यो सिनेमा आगामी वर्षको दसैँमा रिलिज गर्ने लक्ष्य राखेको छ।
सरोज न्यौपाने हाल ‘जेरी अन टप’को छायाङ्कनमा व्यस्त छन्। यो सिनेमा आगामी जेठमा रिलिज हुने तयारीमा छ। दसैँको लागि नयाँ सिनेमा घोषणा गर्दै उनले यस समयमा रिलिज हुने सिनेमाको सङ्ख्या थप बढाएका छन्।