‘माग्ने राजा’ केदार घिमिरेको अभिनय यात्रा अब लिड भूमिकामा : माग्नेको जोडी को ?

0 Shares

बिराटनगर, सिनेसुत्र – केदार घिमिरेको चर्चित पात्र ‘माग्ने बुढा’ अब ठूला पर्दाको प्रमुख भूमिकामा देखिन लागेको छ। सिनेमा ‘माग्ने राजा’ मार्फत केदार पहिलोपटक लिड रोलमा प्रस्तुत हुनेछन्।उनकै पात्रको नामबाट प्रेरित भएर सिनेमा निर्माण हुने भएको छ। हालै सार्वजनिक टाइटल अनाउन्समेन्ट पोस्टरमा सिनेमा निर्देशक, लेखक र निर्माताको नाम समेटिए पनि अन्य कलाकारबारे खुलासा गरिएको छैन। स्रोतका अनुसार, वर्षा शिवाकोटीले केदारसँग स्क्रिन सेयर गर्नेछिन् भने दयाहाङ राईको पनि सहभागिताबारे कुराकानी भइरहेको छ।ऋषि लामिछानेको निर्देशनमा तयार हुने यो सिनेमा फागुन १ गतेबाट छायांकन सुरु गर्ने योजना रहेको छ। सामिप्यराज तिमिल्सिनाको कथा र मुनाल घिमिरेको लगानीमा बन्ने ‘माग्ने राजा’ हास्य शैलीको प्रमुख सिनेमा बन्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचारसबै