‘ज्वाइँ साब’पछि वसन्त निरौलाको अर्को सिनेमा ‘दशमी’को औपचारिक घोषणा

0 Shares

बिराटनगर, सिनेसुत्र – भक्तपुरको सूर्य विनायक गणेशथान मन्दिरमा स्क्रिप्ट पूजा गर्दै निर्देशक वसन्त निरौलाले नयाँ सिनेमा ‘दशमी’ निर्माणको घोषणा गरेका छन्। यससँगै उनले दसैँको फूलपातीका दिनलाई सिनेमाको प्रदर्शन मिति तोकेका छन्।रेड आई फिल्म्स र रोमन फिल्म्सको प्रस्तुति रहने यस सिनेमामा राजकुमार पण्डितको लगानी रहेको छ। सिनेमाको लेखक दिलीप रानाभाट हुन्। निर्माता टोलीमा राजाराम बुढाथोकी, समीर पण्डित, सौगात पण्डित, पदम तामाङ र भीमप्रसाद आचार्य रहेका छन्। कार्यकारी निर्माताको रूपमा विजय बस्याल र प्रोडक्शन म्यानेजरका रूपमा दिलीप पन्त रहेका छन्।निर्देशक निरौलाले सिनेमाको नाम र निर्माण घोषणा गरे पनि कलाकारहरूको लाइनअप सार्वजनिक गरेका छैनन्। तर, ‘दशमी’मा गएको दसैँमा रिलिज भएको सिनेमा ‘ज्वाइँ साब’को निर्माण टिमको संलग्नता रहेको छ।

निरौलाको निर्देशनमा बनेको ‘ज्वाइँ साब’ले उत्कृष्ट समीक्षा पाएको थियो। अब ‘दशमी’ले दसैँको विशेष महत्वलाई नयाँ कथा र प्रस्तुतिमा समेट्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचारसबै