0
Shares
बिराटनगर, सिनेसुत्र – अमेरिका बसाइका बीच पनि नेपाली संगीत क्षेत्रमा सक्रिय रहँदै आएकी गायिका रानी शाक्यको पछिल्लो गीत ‘तिम्रो मायामा’को भिडियो सार्वजनिक भएको छ।यो गीतमा प्रेममा डुबेकी एक युवतीको मनभित्र उठ्ने विभिन्न भावनाहरूलाई मार्मिक रूपमा चित्रण गरिएको छ। गीतकार तथा संगीतकार आकाश केएमको सृजनात्मकताले यस गीतलाई विशेष बनाएको छ।
मोडलिङ क्षेत्रका चर्चित जोडी सम्राट अधिकारी र लालना चिमरियाको अभिनयले यो गीतको भिडियोलाई आकर्षक बनाएको छ। भिडियोमा लालनालाई सम्राटप्रतिको प्रेममा डुबेको देख्न सकिन्छ। शिशिर खत्रीको निर्देशनमा तयार भएको यो भिडियोमा दिनेश पराजुलीको कोरियोग्राफी र दिन्सन शाहको सम्पादन रहेको छ।