बिराटनगर, सिनेसुत्र – गायक भूषण खतिवडा र गायिका शान्ति श्री परियारको आवाजमा सजिएको नयाँ गीत ‘माया बराबर’ सार्वजनिक भएको छ। गीतमा फिन्जु पाख्रिनका प्रेमिल शब्द तथा गायक भूषणकै संगीत सुन्न सकिन्छ। 

‘नेपमेलो’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतको भिडियो पनि उत्तिकै प्रेमिल प्रस्तुतिका साथ तयार पारिएको छ। भिडियोमा रियल जोडी लक्ष्मी बर्देवा र जीवन भट्टराईको सफल प्रेम यात्रा मनोरञ्जनात्मक शैलीमा देखाइएको छ। उत्सव दाहालको छायांकनमा तयार भिडियोमा लक्ष्मी र जीवनसँगै सागर दाहाल र विशाल पहारीको अभिनय रहेको छ।
गीतको संगीत संयोजनमा हेमन्त कान्छा रसाइलीको सारङ्गी, रत्न विकेको बाँसुरी, सञ्जीव बराइलीको गितार र श्यामस्वेत रसाइलीको मिक्सिङ मास्टरिङ रहेकोछ।
भिडियोको निर्देशन रियल जोडी लक्ष्मी बर्देवा र जीवन भट्टराईले नै गरेका हुन्। यो गीतले प्रेमिल मनहरुलाई थप छुन सफल हुने विश्वास गरिएको छ।