कमेडी सिनेमा ‘चिट्ठा’ निर्माण घोषणा, पौषदेखि फ्लोरमा जाने

0 Shares

बिराटनगर, सिनेसुत्र – कमेडी जनराको सिनेमा ‘चिट्ठा’ निर्माण हुने घोषणा भएको छ। पौष दोस्रो साताबाट फ्लोरमा जान लागेको यस सिनेमाको निर्देशन आरएल लामा मोक्तानले गर्नेछन्। कथा, पटकथा र संवाद पनि निर्देशक मोक्तानले नै तयार गरेका हुन्।

लंका फिल्म प्रालीको व्यानरमा निर्माण हुने सिनेमामा धिरेन शाक्य, भोलाराज सापकोटा, अर्जुन गुरुङ, निमा लामा र रसिला कार्की मुख्य भूमिकामा रहनेछन्। साथै, एक अभिनेता र एक अभिनेत्री छनोटको प्रक्रिया जारी रहेको निर्देशकले जानकारी दिएका छन्।

रेल्लु माया तामाङ प्रस्तुतकर्ता रहेको यस सिनेमामा आर सुनाम मोक्तानको लगानी र मियम मोक्तानको सह-निर्माण रहनेछ। रंग पत्रकार सञ्चु थोकरको छायांकन, शंकर महर्जनको द्वन्द्व निर्देशन र आरएल लामाकै शब्द तथा संगीत रहने सिनेमामा युवराज कँडेल र अन्नु चौधरीले स्वर दिनेछन्।

सम्बन्धित समाचारसबै