बिराटनगर, सिनेसुत्र – सिमोस सुनुवारको निर्देशनमा निर्माण हुन लागेको सिनेमा ‘जन्ते बाख्रो’ मा अहिलेका चर्चित चरित्र अभिनेता लोकेन्द्र लेखक अनुबन्धित भएका छन्। नेपाली सिनेमामा लामो समयदेखि सक्रिय लेखकले यस वर्ष मात्रै फर्की फर्की, पुजार सार्की, बेहुली फ्रम बेघौली, र छक्कापञ्जा ५ जस्ता दर्जनभन्दा बढी हिट सिनेमामा काम गरिसकेका छन्।
अब उनले पुष १ गतेबाट छायांकन सुरु हुने ‘जन्ते बाख्रो’ मा अभिनय गर्ने पक्का भएको छ। सिनेमाको रिलिज मिति आगामी जेठ महिनालाई लक्षित गरिएको छ।
यसअघि नै सिनेमाको मुख्य भूमिकामा सौगात मल्ल, आशिफ शाह, र गरिमा शर्मा अनुबन्धित भइसकेका छन्। साथै, अन्य कलाकार छनोटका लागि गरिएको अडिसनमा देशभरबाट करिब ४ सयभन्दा बढी सहभागी भएका थिए।
मुईन इन्टरटेनमेन्ट को प्रस्तुति रहने ‘जन्ते बाख्रो’ एक कमेडी कथावस्तुमा आधारित सिनेमा हो। सिनेमाको कथा, पटकथा, र संवाद लेखन प्रदीप भारद्धाज ले गरेका हुन् भने निर्माणको जिम्मेवारी सन्तोष गौतम ले लिएका छन्।
सिनेमाको शीर्षकले नै इङ्गित गरेझैं, “बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने चलन”सँग जोडिएको कथा प्रस्तुत गरिने बुझ्न सकिन्छ। सिनेमाका छायाकार हरि हुँमागाई हुन्।
‘जन्ते बाख्रो’ ले उत्कृष्ट कलाकारको टिम तयार गर्दै छन् ।