0
Shares
सिनेसुत्र, बिराटनगर- साउदी अरबमा रहेका गायक सामिर बिकको नयाँ म्युजिक भिडियो ‘भन तिमीले के पायौं’ सार्वजनिक भएको छ। भिडियोमा कलाकार नरेन्द्र सेन्दाङ, जेनी सेन, र हुसेन शेखको अभिनय रहेको छ ।
सन्तोष बास्तोला (अशिक कुमार) को निर्देशन रहेको म्युजिक भिडियोमा त्रिकोणात्मक प्रेमकथालाइ देखाइएको छ । उक्त म्युजिक भिडियो छायांकन झापाको दोमुखा क्षेत्रमा गरिएको हो |गायक सामिर बिकले प्रदेशमा रहेर करिब दुई दर्जन गीत उनले दर्शक माझ ल्याई सकेका छ्न । उनको संगीत प्रतिको लगाव अनि मोहका कारण उनि यो क्षेत्रमा आज परन्त पनि सक्रिय छन् ।
जानकी मिडिया प्रालिको निर्माणमा तयार भएको यो भिडियो पूर्वाञ्चल म्युजिक युट्युब च्यानलबाट प्रसारण गरिएको छ ।