८ वर्षपछि राजेश हमालको कमब्याक सिनेमा ‘नरसिंहाः अवतार’ चैत्र २९ बाट प्रदर्शन

0 Shares

सिनेसुत्र, बिराटनगर- छायांकन भइरहेको नेपाली सिनेमा ‘नरसिंहाः अवतार’को प्रदर्शन मिति तय गरिएको छ। निर्माण पक्ष र वितरण कम्पनीबीचको सल्लाहमा चैत्र २९ गतेबाट सिनेमा रिलिज गर्ने निर्णय गरिएको हो। नयाँ वर्षको छेको पारेर सार्वजनिक हुने यस सिनेमालाई दिवाकर भट्टराईले लेखन र निर्देशन गरेका छन्।

यस सिनेमाबाट नायक राजेश हमालले ८ वर्षपछि सिनेमा क्षेत्रमा कमब्याक गर्दैछन्, जसका कारण यो सिनेमा प्रारम्भदेखि नै दर्शकमाझ प्रतिक्षित छ। राजेश हमालको साथमा राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, प्रशान्त ताम्राकार, नीर शाह, सरोज खनाल, र राजीव मानन्धर जस्ता कलाकारहरूको अभिनय रहेको छ।

निर्माणमा नेम महर्जन, दीपक शर्मा ढकाल, ध्रुव न्यौपाने, र नरेन्द्र महर्जनको लगानी रहेको छ। सिनेमामा उषा खड्गी, सुशान्त श्रेष्ठ, राजीव जंग बस्नेत, प्रकाश कुँवर, अमित गिरी, रमेश सोडारी, सरोज शाह, र अमित श्रेष्ठ जस्ता कलाकारहरूको पनि महत्वपूर्ण भूमिका छ।

‘नरसिंहाः अवतार’लाई एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट, र एफडी कम्पनीले देशभरका हलहरूमा वितरण गर्नेछन्। राजेश हमालको कमब्याकले दर्शकहरूलाई थप उत्साहित बनाएको यो सिनेमा नयाँ वर्षको विशेष आकर्षण हुने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचारसबै