बिराटनगरमा ‘पूर्ण बहादुरको सारंगी’ पुनः प्रदर्शन: दर्शकको मागले हल व्यवस्थापन चकित

0 Shares

सिनेसुत्र, बिराटनगर-  बिराटनगरको सेन्ट्रल मल्टीप्लेक्स र सिटि सिनेमाजमा दर्शकको अत्याधिक माग बढेपछि सोमबारदेखि नेपाली सिनेमा ‘पूर्ण बहादुरको सारंगी’ पुनः प्रदर्शन हुने भएको छ। यो सिनेमाले नेपालको सिनेमा जगतमा अहिलेसम्मकै बलियो इतिहास बनाउन सफल भएको छ। दर्शकहरूले शो माग गर्ने र टिकट नपाएर फर्कनु परेका कारण सिनेमा पुनः प्रदर्शन गर्न लागिएको सेन्ट्रल मल्टीप्लेक्स हलका म्यानेजर सत्यप्रकाश लुनियाले जानकारी दिए ।‘पूर्ण बहादुरको सारंगी’ ले हालसम्म ५१ दिनको उत्सव मनाइसकेको छ भने सिनेमाले १०० करोडभन्दा माथिको व्यापार गरेको छ।

मंसिर २० गतेदेखि दक्षिण भारतीय सिनेमा ‘पुष्पा: दि रुल’ प्रदर्शनमा आएपछि हल सञ्चालकहरूले नेपाली सिनेमा हटाएर ‘पुष्पा’ लाइ सबै शो दिएको थियो तर, आज ‘पुष्पा’ प्रदर्शन भएको २४ दिन पुग्दा यसको दर्शक संख्या घटेको देखिएको छ।

यही अवस्थाबीच ‘पूर्ण बहादुरको सारंगी’ लाई सेन्ट्रल मल्टीप्लेक्सले दुइ शो र सिटि सिनेमाजले दुइ सो पुनः दिएको छ। दर्शकको चाप बढ्दै गएमा शोको संख्या थप गर्न सकिने सिटि सिनेमा हलका म्यानेजर शंखर मेहेताली बताए ।

‘पूर्ण बहादुरको सारंगी’ को सफलताले नेपाली सिनेमा क्षेत्रमा नयाँ उत्साह थपेको छ भने दर्शकको माया पाउन सफल भएको यो सिनेमा फेरि हलतर्फ आकर्षणको केन्द्र बन्ने संकेत देखिएको छ ।

सम्बन्धित समाचारसबै