सिनेसुत्र, बिराटनगर- माघ १६ गते रिलिज हुने बहु प्रतीक्षित नेपाली सिनेमा ‘एक्टर: टेक वन’को सशक्त गीत ‘के भरोसा गरम’ सार्वजनिक भएको छ । गीतको भिडिओमा सुपरस्टार प्रदिप खड्कालाई दुई नायिकाहरु आना शर्मा, र दिव्या रायमाझीसँग प्रेममा रहेको देखाइको छ । यस गीतमा त्रिकोणात्मक प्रेमकथा दर्साइको छ तर, सिनेमाको टिजरमा भने अभिनेता द्वय प्रदिप खड्का र राजबल्लभ कोइरालाका दृश्यहरूंले यस सिनेमाको कथा अर्कै रहेको संकेत गरेको थियो ।
गीतको भिडयोले यस सिनेमामा प्रदिप दोहोरो भूमिकामा त छैनन ? भन्ने प्रश्न पनी उब्जाएको छ । अभिनेत्री आनासंगको दृश्यमा बोल्न सक्कने र दिव्यासँगको दृश्यमा बोल्न नसक्कने भूमिकाका दृश्य गीतमा देखिएको छ ।
गीतमा हर्कुलस बस्नेत र इन्दिरा जोशीले आवाज दिएका छन । उर्मिला गुरुङको शब्द र हर्कुलस बस्नेतको सङ्गीतले गीतलाइ झन् सशक्त बनाएको छ । गीतमा किरण थापाले कोरियोग्राफी गरेका छन । कलर ग्रेडिङ राजेन्द्र मोक्तानको रहेको छ ।
सिनेमाको निर्देशन राजन भुसालले गरेका हुन् भने, स्क्रिप्ट आकाश बराल र राजन भुसालको सहकार्यमा तयार गरिएको छ । सिनेमामा प्रदिप, आना, र दिव्याका साथै राजबल्लव कोइराला, दिव्य देव, उषा रजक, सृजना अधिकारी, र सुशील सिटौलालगयतका कलाकारहरूँको प्रमुख भूमिका रहेको छ ।
‘एक्टर: टेक वन’ अधृत फिल्म्स् र अ मोति फिल्मको संयुक्त प्रस्तुति हो । यसका निर्माता थमन कुमार भण्डारी, क्रियटिभ निर्माता मोति कार्की, र सह-निर्माता अनीश भुसाल रहेका छन्।
सिनेमाका प्राविधिक पक्ष झन् प्रभावशाली देखिन्छ । छायाङ्कन नरेन्द्र मैनालीले गरेका हुन् भने सम्पादन निमेष श्रेष्ठले गरेका छन् । सिनेमामा हर्कुलससहित रोहित शाक्य, र एलिस कार्कीले सङ्गीत दिएका छन् ।
सार्वजनिक गीत ‘के भरोसा गरम’ले दर्शकलाई सिनेमाप्रति अझ नजिक ल्याउने विश्वास गरिएको छ।