प्रेम दिवसमा आउने एडल्ट ड्रामा ‘दुखी आत्मा’ को टिजर सार्वजनिक : दयाहाङको रोमान्स र अनुपको क्षेप्यास्त्र

0 Shares

सिनेसुत्र, बिराटनगर-  फागुनको २ गतेबाट रिलिजमा आउन लागेको सिनेमा ‘दुखी आत्मा’को ३ मिनेट भंदा लामो टिजर सार्वजनिक भएको छ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो सिनेमामा हिमाल कडरियाको लगानी छ। सुदिप ढकाल कार्यकारी निर्माता रहेको सिनेमामा आलोक शुक्लाको छायंकन,निमेष श्रेष्ठको सम्पादन छ।

सार्वजनिक भएको टिजरमा सिनेमाका मुख्य दुई कलाकारहरु नायक दयाहाङ राई र नायिका आँचल शर्मा हाबी छन्।

यो सिनेमालाई निर्माणपक्षले एडल्ट बिषयवस्तुमा तयार पारेको भनेको छ। जसका कारण सिनेमा भित्र द्धिअर्थी लाग्ने संवादहरु प्रशस्त छन्।विशेषगरि, आँचलको संवादले पनि यो कुरा वुझाउँछ । साथमा सिनेमामा अनुप विक्रम शाही, वुद्दि तामाङ, रेअर राई, पुष्कर गुरुङ, कविता आले, लोकेन्द्र लेखक, आरती आचार्य, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधर, शिशिर वाङ्देल लगायतका कलाकारहरुको सिनेमामा अभिनय छ।

यो सिनेमाको टिजरले दर्शकलाई पेट मिचिमिची हसाउछ, यसपटक, दयाहाङले आफ्नो काम गर्ने कथावस्तुको शैली फेरेका छन ।

दया यो सिनेमामा रोमान्टिक सालै पीडित पनि देखिएका छ।

उनको पीडाको भाव के हो त्यो ट्रेलरले अझै खुलाउनेछ । प्रेम दिवसको अवसर पारेर रिलिजमा आउन लागेको यो सिनेमाले दर्शकलाई हलसम्म तान्ने देखिएको छ, क्लक वर्क क्रियशनको व्यानरमा यो सिनेमा निर्माण भएको छ।

 

सम्बन्धित समाचारसबै