चैत्र १५ मा प्रदर्शन हुने ‘डोरी’को पोस्टर सार्वजनिक, कथामा रहस्य र सङ्घर्ष

0 Shares

सिनेसुत्र, बिराटनगर- नेपाली सिनेमा ‘डोरी’को पहिलो पोस्टर सार्वजनिक गरिएको छ । पोस्टर सार्वजनिकसँगै सिनेमा चैत्र १५ देखि देशभरका सिनेमा घरहरूमा प्रदर्शन हुने घोषणा गरिएको छ।

विजय बस्यालले डिजाइन गरेको पोस्टरले सिनेमाको कथावस्तु र भावनात्मक गहिराइको झल्को दिने प्रयास गरेको छ। पोस्टरमा प्रस्तुत पात्रको शक्तिशाली हाउभाउले दर्शकलाई कथामा समावेश हुने सङ्घर्ष, रहस्य, र गहन भावनालाई सङ्केत गर्छ। सिनेमाका कलाकार वीरेन्द्र सिंह कुशवाहाको क्रोधित अनुहारले कथाको द्वन्द्व र चरित्रहरूको गहिराइलाई प्रतिनिधित्व गरेको छ।

‘डोरी’को लेखन तथा निर्देशन अरुण लामाले गरेका हुन्। यसमा अनुभवी र नव-प्रवेशी कलाकारहरूको संयोजन रहेको छ, जसमा प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अरुण लामा, अञ्जना बराइली, वीरेन्द्र सिंह कुशवाहा, राज पौडेल, कविता आले, राज थापा, नूतन लगायतको अभिनय रहेको छ।सिनेमाका निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्माताको रूपमा राज थापाले जिम्मेवारी सम्हालेका छन्। ‘डोरी’मा स्क्रिप्ट डाक्टर मनोज पण्डित हुन् भने मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत, एक्सन निर्देशक राजु तामाङ, सङ्गीत निर्देशक राजनराज सिवाकोटी, कला निर्देशक रोशन दिवाना, स्थल ध्वनि रेकर्डिस्ट किशोर खनाल, सम्पादक मिलन श्रेष्ठ, रङ्ग संयोजक रेनीश फागो रहेका छन्।

निर्देशक लामाका अनुसार यो सिनेमा ले कथावस्तु, अभिनय, र प्राविधिक पक्षमा नवीनता ल्याउनेछ। पोस्टर सार्वजनिकसँगै यस सिनेमा प्रति दर्शकको चासो र प्रतीक्षा बढ्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचारसबै