‘मायाबी’ प्रचारमा पल शाह: बेनी महोत्सवमा सिनेमाको ‘टल टल’ गीत सार्वजनिक

0 Shares

सिनेसुत्र, बिराटनगर- नायक पल शाहको लागि महोत्सवहरू व्यस्तताको अर्को नाम बनेका छन्। उनी प्रत्येक दिनजसो महोत्सवका मञ्चमा आफ्नो प्रस्तुति दिइरहेका छन्। आफ्नो लोकप्रिय गीतहरूमार्फत दर्शकलाई झुमाउन पल अग्रसर छन्।

पछिल्ला केही दिनदेखि भने पललाई महोत्सवमा ‘मायाबी’ लागेको छ। फागुन १४ गते प्रदर्शनमा आउन लागेको यो सिनेमा प्रचारमा उनी दौडधुप गरिरहेका छन्। हालै बेनीमा आयोजना गरिएको महोत्सवमा उनले सिनेमाको ‘टल टल’ बोलको गीत सार्वजनिक गरेका थिए। त्यसपछि, बारा पुगेर यही गीतमा दर्शकसँग झुमेका छन्। महोत्सवका क्रममा पलले दर्शकलाई सिनेमाको विषयमा जिज्ञासा राख्दै टिसर्टसमेत उपहार दिए।दर्शकहरू ‘मायाबी’ सिनेमा हेर्न प्रतीक्षा गरिरहेको अनुभव पलले साझा गरेका छन्। उनका अनुसार सिनेमाप्रतिको दर्शकको उत्साह देखेर उनी निकै खुसी छन्। पलले ‘मायाबी’ विशुद्ध प्रेमकथा र मित्रताको कथामा आधारित रहेको बताउँदै सबैलाई सिनेमा हेर्न आग्रह गरेका छन्।

सिनेमाको दोस्रो गीत ‘टल टल’लाई दर्शकले मन पराउँदैछन्, जसका कारण महोत्सवहरूमा यस गीतको माग उल्लेख्य रूपमा बढेको छ। दिवाकर भट्टराईको निर्देशनमा तयार भएको यो सिनेमा फागुन १४ गतेदेखि प्रदर्शनमा आउँदैछ। सिनेमामा पल शाहसँगै दीपिका प्रसाईं, सुशील सिटौला, प्रशान्त ताम्राकार, करिश्मा श्रेष्ठ, र नव–नायक समिम खान लगायतका कलाकारहरूको अभिनय छ।

लामो समयदेखि एक उत्कृष्ट प्रेमकथामा आधारित सिनेमा हेर्न नपाएका दर्शकका लागि ‘मायाबी’ रोजाइको पहिलो प्राथमिकतामा पर्ने निर्माण टिमको विश्वास छ।

सम्बन्धित समाचारसबै