चर्चित गायिका मेलिना राईको बिहे: गोकर्णेश्वरमा भव्य तयारी, ध्रुव गुरुङसँग गाँठो कस्दै

0 Shares

सिनेसुत्र, बिराटनगर- चर्चित गायिका मेलिना राई र ध्रुव गुरुङले शुक्रबार विवाह गर्दैछन्। गोकर्णेश्वरस्थित हिमाली घर रिसोर्टमा दिउँसो १ बजे विवाह समारोह आयोजना हुने तयारी छ। पारिवारिक स्रोतका अनुसार बिहीबार दिउँसोदेखि नै विवाह स्थललाई विशेष रूपमा सजाउने काम भइरहेको छ।

समारोह स्थलका तस्वीरहरूमा फूलले सजाइएको आकर्षक गेट र विवाहका लागि भव्य स्टेज देख्न सकिन्छ। मेलिना र ध्रुवको नाम फूलले लेखेर विशेष गेट तयार पारिएको छ। केही दिनअघि मेलिनाकी बहिनीले रिसोर्ट बुक गरेको जानकारी प्राप्त भएको छ।गायिका मेलिना र ध्रुव केही समयदेखि प्रेम सम्बन्धमा रहेका थिए। बिहीबार ध्रुवले इन्स्टाग्राममा इन्गेजमेन्टका तस्वीर सेयर गरेपछि उनीहरूको सम्बन्धलाई थप पुष्टि भएको हो। लमजुङका ध्रुव गुरुङ पेसाले चिकित्सक हुन् ।

शुक्रबार हुने यो विवाह समारोहमा परिवारका सदस्य, साथीभाइ र केही नजिकका व्यक्तिहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।

यस अघि गायिका मेलिना राइले एक गिटारिस्टसँगको इन्गेजमेन्ट तोडेकी थिइन् ।

सम्बन्धित समाचारसबै