सिनेसुत्र, बिराटनगर- नायक सुशिल श्रेष्ठको एक्सनका कारण चर्चा र प्रतिक्षामा रहेको सिनेमा ‘आउटलः दफा २१९’ फागुनको २९ गतेबाट रिलिजमा आउँदैछ। यो सिनेमामा सुशिलले नेपाली सिनेमामा अहिलेसम्म प्रयोग नभएको एक्सन गरेको दाबी निर्माणपक्षको छ।
केही हप्ता अगाडि मात्र यसको टिमले ४० लाख खर्च गरेर एउटा एक्सनको दृश्य छायांकन गरेको छ। अब भने सिनेमा रिलिजका लागि पूर्ण रुपमा तयार भएको निर्माणपक्षको भनाई छ।
यसैबिच, यो सिनेमाका लागि सुशिल आफ्नो शरीरमा आगो लगाएर एक्सनको दृश्य दिएका छन्। यो दृश्यका लागि सुशिलको शरीरमा आगो लगाइएको थियो र उनले एक्सन गरेका थिए। यो दृश्य दर्शकका लागि विशेष हुने निर्माणपक्षको भनाई छ।
यसले, पनि सुशिलको मिहिनेत सिनेमामा कती छ भन्ने प्रष्ट हुन्छ। निर्माणपक्षका अनुसार, सिनेमामा करिब ५० मिनेट एक्सन छ। जसलाई हलिउड र कोरियन स्टाइलमा कोरियोग्राफी गरिएको छ।
टिजर सार्वजनिक भएसँगै चर्चामा रहेको यो सिनेमालाई विक्की महर्जनले लेखन तथा निर्देशन गरेका हुन्। सिनेमामा अमित अग्रहरिको लगानी छ। सिनेमामा सुशिलको साथमा शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी, हेम गुरुङ, सोनु लागुन, विशाल पहारि लगायतका कलाकारहरुको अभिनय छ।
चुल्ठे काजीको एक्सन रहेको यो सिनेमामा साहिल खानको सम्पादन नविन गुरुङको डीओपी छ। विनोद कठायत कार्यकारी निर्माता रहेको सिनेमामा विकास चौधरी सह–निर्माताको रुपमा छन्।