सिनेसुत्र, बिराटनगर- रोहित अधिकारीको निर्माणमा तयार हुन लागेको सिनेमा ‘माइतीघर’मा कलाकारहरूको लाइनअप पूरा भएको छ। सिनेमाको मुख्य भूमिकामा नायक धिरज मगरको इन्ट्री भएसँगै मुख्य कलाकारहरूको लाइनअप पूरा भएको हो।
निर्माता रोहित अधिकारी र नायक धिरज मगरसँग कागजी सम्झौता भएको हो। सिनेमामा तीन स्टार कलाकारहरूले काम गर्ने पक्का भएको छ। सिनेमामा कलाकार केदार घिमिरे र प्रकाश सपुत पनि फाइनल भइसकेका छन्। सिनेमामा नायिका उपासना सिंह ठकुरी र नव–नायिका दिकिला शेर्पा पनि अनुबन्धित भइसकेका छन्। सिनेमामा बुद्धि तामाङको पनि मुख्य भूमिका रहनेछ।
यो सिनेमाको छायांकन केही महिनामा सुरु गर्ने तयारी निर्माणपक्षले गरेको छ। सिनेमालाई आउँदो वर्षको दशैंको फूलपातिबाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरिसकेको छ। दशैंमा एउटा शोज पाएपनि सिनेमा रिलिज गर्ने घोषणा निर्माता रोहित अधिकारीले गरिसकेका छन्।
मिलन तामाङको निर्देशनमा तयार हुन लागेको यो सिनेमामा रविन शेरचन र धिरज तामाङको लगानी रहनेछ। चन्द्रकुमार दोङको कथा रहेको सिनेमामा सुशन प्रजापतिको छायांकन, रामशरण पाठकको संवाद छ। सिनेमाका कार्यकारी निर्माता ईश्वरी श्रेष्ठ हुन्।



