‘मायाबी’मा दीपिकाको डोली बिदाइ गर्दै पल शाह, ‘सितारा जडेको’ गीतले दर्शक सोचन बाध्य

0 Shares

सिनेसुत्र, बिराटनगर- फागुनको १४ गतेबाट रिलिजमा आउन लागेको सिनेमा ‘मायाबी’ गीतसंगीत र आक्रामक प्रचारका कारण चर्चामा छ। सिनेमाको दुई वटा गीत यसअघि सार्वजनिक भइसकेका छन्। अब, यसको निर्माणपक्षले सिनेमामा समावेश नयाँ गीत ‘सितारा जडेको’ सार्वजनिक गरेको छ।

यो गीतमा दिक्षित पौडेल र समिरा थपलियाको स्वर, शम्भुजित बास्कोटाको संगीत, दयाराम पाण्डे र दिवाकर भट्टराइको शब्द छ।
दिवाकर भट्टराइले नै कोरियोग्राफी गरेको यो गीतको भिडियोमा सिनेमाका मुख्य कलाकारहरु नायक पल शाह, नायिका दीपिका प्रसाँई, नव–नायक समिम खान, कलाकारहरु प्रशान्त ताम्राकार, सुशिल सिटौला, करिश्मा श्रेष्ठ लगायतलाई देख्न सकिन्छ।

यो गीतको अडियो कर्णप्रिय छ। गीतले बिहेको बिदाइको पललाई भावुकताका साथ वर्णन गरेको छ।

यो सिनेमामा राजु विक्रम थापाको डीओपी, मिलन श्रेष्ठको सम्पादन छ। दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो सिनेमामा लक्ष्मी गिरी, अंशु महर्जन, रवि डंगोल, रमा प्रसाँई, दीपेन्द्र सिम्खडा, संगीता सिलवाल लगायतका कलाकारहरुको पनि अभिनय छ।

ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानी रहेको सिनेमामा मञ्जु भण्डारी, राजु पराजुली र सुमिन ओली सह–निर्माताको रुपमा छन्। प्रविण भट्टराई र करण सिंह कार्यकारी निर्माता रहेको यो सिनेमामा नेम महर्जनको पनि लगानी छ।

सिनेमाको यो गीतले कथावस्तुको बारेमा केही गहनता बोलेको छ। सिनेमामा पल र दीपिकाको सम्बन्ध के हो, उनीहरुको भावुकताको कारण के हो भन्ने कौतुहलता दर्शकमा पैदा हुने देखिन्छ।

सम्बन्धित समाचारसबै