सांस्कृतिक कथामा आधारित सिनेमा ‘डोरी’ चैत्र १५ बाट प्रदर्शन, पोस्टर सार्वजनिक

0 Shares

सिनेसुत्र, बिराटनगर- “परम्परा, भावना, र सम्बन्धको कथामा आधारित नेपाली सिनेमा ‘डोरी’ चैत्र १५ देखि देशभरका सिनेमा घरमा प्रदर्शन हुँदैछ। प्रदर्शनको तयारीसँगै सिनेमाको नयाँ पोस्टर सार्वजनिक गरिएको छ, जसले कथावस्तु र पात्रहरूको झलक प्रस्तुत गरेकोछ।

पोस्टरमा प्रमुख पात्रहरू प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अरुण लामा, अञ्जना बराइली, राज पौडेल, कविता आले, नूतन र राज थापालाइ समेटिएको छ। विशेषगरी, अभिनेत्री अञ्जना बराइलीलाई पारम्परिक पोसाकमा मुस्कानसहित केन्द्रमा देखाइएको छ । हास्य र आक्रोशको संयोजन झल्काउने दुई पात्रहरूलाइ प्रस्तुति गरिएको छ भने,अर्को एक पात्रलाइअत्यन्त आक्रोशित मुद्रामा प्रस्तुत गरिएको छ । यसले कथावस्तुमा हास्य, सङ्घर्ष, र गम्भीर भावनाहरूको मिश्रण रहेको सङ्केत दिन्छ ।‘डोरी’लाई लेखक तथा निर्देशक अरुण लामाले तयार पारेका हुन्। यसका निर्माता दिनेश भट्टराई, कार्यकारी निर्माता राज थापा, र स्क्रिप्ट डाक्टर मनोज पण्डित रहेका छन्। सिनेमाको प्राविधिक पक्षलाई बलियो बनाउन एक्सन निर्देशक राजु तामाङ, सङ्गीत निर्देशक राजनराज सिवाकोटी, सम्पादक मिलन श्रेष्ठ, रङ्ग संयोजक रेनीश फागो, र कला निर्देशक रोशन दिवाना रहेका छन् ।

पोस्टर सार्वजनिक भएसँगै, ‘डोरी’ ले कथावस्तु, अभिनय, र प्राविधिक पक्षमा नवीनता ल्याउने अपेक्षा गरिएको छ। अब, सिनेमाको प्रदर्शनपछि यसले दर्शकलाई कत्तिको आकर्षित गर्छ भन्ने कुराले यसको सफलता मापन गर्नेछ।”

सम्बन्धित समाचारसबै