दुई सय महिलाले हल बुक गरी हेर्यो ‘मिसिङ: केटी हराएको सूचना’ कथावस्तु र अभिनयको चर्चा

0 Shares

सिनेसुत्र, बिराटनगर- मंगलबार महिला उद्यमी संघ नेपालको टोलीले राजधानीको जमलस्थित विश्वज्योति सिनेप्लेक्सको हल बुक गरी सिनेमा ‘मिसिङः केटी हराएको सूचना’ हेरेका छन्। यस अर्थमा दर्शकको चासो बढ्दै गएको बुझ्न सकिन्छ ।

संस्थाका दुई सय महिला सदस्यले हल बुक गरी सिनेमा हेरेका हुन्। सिनेमा हेरेपछि उनीहरूले सिनेमाको कथावस्तुसँगै कलाकारको अभिनय र लोकेसन मन परेको प्रतिक्रिया दिए। ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको सिनेमा ट्राई सिटी पिक्चर्सकै व्यानरमा निर्माण भएको हो। सिनेमामा दीपेन्द्र गौचनको लेखन र निर्देशन छ।

यस सिनेमामा नाजिर हुसेन, सृष्टि श्रेष्ठसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ। सिनेमामा अमितेष शाह विशेष भूमिकामा छन्।नकिम उद्दिन कार्यकारी निर्माता रहेको सिनेमामा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह–कार्यकारी निर्माता, अमितेष शाह सहायक निर्माता रहेका छन्।

सिनेमाको कथा दीपेन्द्र गौचनले लेखेका हुन् भने अमित पोखरेल र अमितेष शाहको सहायक लेखन तथा अमित पोखरेलको स्क्रिप्ट सुपरभिजन रहेको छ। सिनेमामा अमर महर्जनको डीओपी, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व निर्देशन, दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाको संगीत, दीपेन्द्र गौचन, अमितेष शाह, करुण थापाको गीत लेखन रहेको छ। सिनेमाका गीतहरूमा सितुसित बस्नेत, रोहित जोन क्षेत्री, प्रवेश मल्लिक, नेहा प्रियदर्शनी, करण परियार र इन्दिरा जोशीको स्वर सुन्न सकिन्छ। सिनेमाको कोरियोग्राफी रामजी लामिछाने र राजीव कर्णले गरेका छन्।

ओएसआर डिजिटल डिजिटल पार्टनर रहेको सिनेमा एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गरेका छन्।

सम्बन्धित समाचारसबै