भोलिबाट रिलिज हुने सिनेमा ‘रंगी’ले प्रिमियरमा दर्शक र समीक्षक दुवैबाट पायो उत्कृष्ट प्रशंसा

0 Shares

सिनेसुत्र, बिराटनगर-  सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको सिनेमा ‘रंगी’ ले बुधबार साँझ राजधानीमा आयोजना गरेको ग्राण्ड प्रिमियरमा सकारात्मक प्रतिक्रिया पाएको छ। भोलि शुक्रबारबाट रिलिज हुने सिनेमाको प्रिमियरमा उपस्थित सिनेमाकर्मीले सिनेमा राम्रो बनेको प्रतिक्रिया दिएका हुन्।अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको सिनेमा विशेषत बाबुछोरीको कथामा आधारित छ। सिनेमा हेरेपछि निर्देशक दीपाश्री निरौला, कलाकार निर्मल शर्मा, दीपक आचार्य ‘काकु’, कमेडियन भरतमणि पौडेल, कोरियोग्राफर गम्भीर विष्ट, निर्देशक ज्ञानेन्द्र देउजालगायतले सिनेमाको कथावस्तु मन परेको बताए। उनीहरूले बाबुछोरीको सम्बन्ध, कलाकारको अभिनय, प्राविधिक र निर्देशकीय पक्षको तारिफ गरेका थिए।सिनेमामा सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन छ। सिनेमामा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ। सिनेमा ‘रंगी’ सलोनको डेब्यू निर्माण हो।

सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतमको निर्माण रहेको सिनेमामा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, आनन्द कार्की, आमेश भण्डारी, भीम बिसी, समीक्षा अधिकारी र सुजता केसीको स्वर, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको शब्द, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन छ।

सिनेमालाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछ।

सम्बन्धित समाचारसबै