सिनेसुत्र, बिराटनगर- नेपाली सिनेमा उद्योगका लागि २०८१ स्वर्णिम वर्ष बनेको छ। यही वर्ष नेपाली सिनेमाले धेरै फड्को मारेको छ जस्तै, पूर्ण बहादुरको ‘सारंगी’ यसको दरिलो उदाहरण बनेको छ। त्यस्तै, हाल चर्चित सिनेमा ‘होस्टेल’ श्रृंखलाको तेस्रो भाग ‘होस्टेल ३’ को ट्रेलर विश्वभरका दर्शकहरूको मन जित्न सफल बनिरहेको छ।
रिलिज भएको दुई दिन नपुग्दै, नेपालमा १४ लाख भन्दा बढी भ्युजसहित युट्युब ट्रेन्डिङको शीर्ष स्थान ओगटेको ट्रेलरले भारतमा समेत ३० औँ स्थानमा ट्रेन्ड गर्न सफल भएको छ। भारतीय युट्युबमा नेपाली सामग्रीको उपस्थिति अत्यन्तै न्यून रहँदै आएको अवस्थामा, यो उपलब्धि नेपाली सिनेमा उद्योगका लागि अत्यन्त महत्वपूर्ण मानिएको छ।
यसबाहेक, अस्ट्रेलिया, पोर्चुगल, युएई, माल्टा, जापान, रोमानिया, मलेसिया, दक्षिण कोरिया, बेलायत लगायतका मुलुकहरूमा पनि यो ट्रेलरले उत्कृष्ट स्थानहरू हासिल गरेको छ।
अस्ट्रेलिया, पोर्चुगल, युएई – ३औँ स्थान
माल्टा – ४औँ स्थान
जापान, रोमानिया – ५औँ स्थान
मलेसिया – ८औँ स्थान
दक्षिण कोरिया – १३औँ स्थान
बेलायत – २०औँ स्थानसिनेमाको उक्त सफलतामा दर्शकहरूको अपार माया र समर्थन मुख्य कारक रहेको निर्माण पक्षले जनाएको छ। यो ऐतिहासिक सफलताका लागि सबै दर्शकलाई धन्यवाद व्यक्त गर्दै, भविष्यमा पनि यस्तै उत्कृष्ट नेपाली सिनेमाहरू प्रस्तुत गर्ने प्रतिबद्धता निर्देशक सशान कँडेलले जनाएका छन्।
‘होस्टेल ३’ आगामी ७ मार्च २०२५ मा हलहरूमा प्रदर्शन हुँदैछ।
ट्रेलर हेर्नुहोस :