सिनेसुत्र, बिराटनगर- नयाँ सिनेमा ‘वरिष्ठ बलराम’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा सिनेमा का मुख्य दुई पात्र दयाहाङ राई र विजय बराल बीचको द्वन्द्वपूर्ण संघर्ष देखाइएको छ। सिनेमाको कथा खोलामा ढुंगा र बालुवा उठाउने दयाहाङ र त्यहाँ हस्तक्षेप गर्ने विजयको वरिपरि घुम्छ।
गरिबी र अरूको हेपाइसी अनुभव गर्ने विजय र आफ्नो अधिकार कायम राख्न खोज्ने दयाहाङबीचको नोकझोक र द्वन्द्व ट्रेलरमा प्रमुख रूपमा देख्न सकिन्छ। साथै, दयाहाङ आफ्नो झोलामा खोला राखेर त्यसको मजा लिन खोज्ने र विजय त्यसको स्वाद चाख्ने प्रयासलाई पनि समेटिएको छ।
ट्रेलरमा दयाहाङ वरिष्ठको चरित्रमा र विजय बलरामको चरित्रमा देखिएका छन्। ‘वरिष्ठ बलराम’ सिनेमा कात्तिक ६ गते भाइटीकामा रिलिज हुनेछ। सिनेमा निर्देशक सुरेन्द्र पौडेल ले निर्देशन गरेका हुन्।
सिनेमामा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायतका कलाकारको अभिनय रहेको छ। पटकथा महेश दवाडी, संगीत प्रशान्त शिवाकोटी, एक्सन निर्देशन सम्राट बस्नेत, नृत्य निर्देशन प्रदीप लामा, छायांकन मनकृष्ण महर्जन ले गरेका छन्।
सिनेमाको वृषभ सिद्धी इन्टरटेनमेन्ट प्रस्तुतिमा आन्भी फिल्मस को सहकार्य रहेको छ भने, निर्माता आशिष एच तामाङ र श्रीराज कार्की, कार्यकारी निर्माता प्रदीप जी धामी र पुस्कर बी घिमिरे, लाइन प्रोडुसर राम विष्ट छन्।
सिनेमालाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसन मार्फत वितरण गरिनेछ। ट्रेलर हेर्नुहोस :