यो बर्षको ‘मोस्ट अवेटेड’ सिनेमा ‘जेरी अन टप’को ट्रेलरले युट्युब कब्जा गर्‍यो: २४ घण्टामै ट्रेन्डिङ नम्बर १ मा

0 Shares

सिनेसुत्र, बिराटनगर-   रिलिज मिति नजिकिँदै गर्दा नेपाली सिनेमा ‘जेरी अन टप’ले युटुबमा तहल्का मच्चाएको छ। ट्रेलर सार्वजनिक भएको २४  घण्टामै युट्युब ट्रेन्डिङको पहिलो स्थान पर्न सफल भएको छ।  हाल ‘जेरी अन टप’ ट्रेलर युट्यूवको नेपाली चार्ट्समा शीर्ष स्थानमा छ । सँगसँगै दर्जनबढि देशमा यो ट्रेलर युट्यूवमा उत्कृष्ट १० ट्रेण्डिङ भित्र छ । नेपालसँगै नेपालीहरूको बाहुल्यता रहेका देशहरूमा यो ट्रेलरले अग्र स्थान ओगट्दा उच्च प्रशंसा पाएको छ ।डिजिटल पार्टनर बुढासुब्बा डिजिटलको युट्यूवमा मात्रै हालसम्म झण्डै साढे ३ लाख पटक हेरिएको ट्रेलरमा २३ हजारबढि लाइक प्राप्त छ भने प्राप्त भएका ३ हजार प्रतिक्रिया सत् प्रतिशत् सकारात्मक छन् । डेढ वर्षपछि पर्दामा ब्याक हुन लागेका स्टार अभिनेता अनमोल केसी अभिनित चलचित्रले सामाजिक सञ्जालमा वर्ष २०८२ कै सर्वाधिक प्रतिक्षित चलचित्रको उपमा पाइको छ ।ट्रेलरमा जोडिएको कलाकारहरूको अभिनय, हिमाली दृश्य, निर्देशन कला, छायांकन, व्याकग्राउण्ड स्कोर, सम्पादन लगायतका पक्षले उत्कृष्ट तारिफ भेटेका छन् । सुयोग गुरुङको निर्देशनमा बनेको यो फिल्मको ट्रेलर शाहिल खानले तयार गरेका हुन् ।

सरोज न्यौपानेको निर्माण र अनन्या फिल्मस् को ब्यानरमा तयार ‘जेरी अन टप’मा अनमोलसँगै आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, केदार घिमिरे ‘माग्नेबुढा’, सुरक्षा पन्त, उषा खड्गी अभिनयमा छन् । असोज ३१ गतेबाट सिनेमा दर्शकमाझ आउँदैछ । ट्रेलर हेर्नुहोस :

सम्बन्धित समाचारसबै