हरिवंश आचार्यसँग भेट्न नेपालगन्जको हलमा गजबको भीड : बक्स अफिसमा ४ करोड पार

0 Shares

सिनेसुत्र, बिराटनगर- असोज १३ गते दशैँको फूलपातीबाट रिलिज भएको सिनेमा ‘हरिवहादुरको जुत्ता’ हलमा यतिबेला पनि सफलताका साथ प्रदर्शन भैरहेको छ। दर्शकको राम्रो वर्ड अफ माउथका कारण बक्स अफिसमा ४ करोडभन्दा माथि व्यापार गरिसकेको सिनेमा रिलिजको तेश्रो सातासम्म पुग्दा पनि सम्मानजनक शो संख्या र दर्शकको साथ पाइरहेको छ।रिलिजको दिनदेखि नै काठमान्डौ उपत्यकाका विभिन्न हलमा सिनेमा हेर्न आउने दर्शक भेट्न मुख्य अभिनेता हरिवंश आचार्य सहितको सिनेमा टिम पुगिरहेको छ। दर्शकको साथ राम्रो पाएको सिनेमा टिम यतिबेला मोफसल यात्रामा रहेको छ। सिनेमा का मुख्य अभिनेता हरिवंश आचार्य र निर्माता/कलाकार मोहितवंश आचार्य यतिबेला नेपालगन्ज पुगेका छन्।

नेपालगन्जको सिनेरोयल हलमा विहानदेखि नै दर्शकको उल्लेख्य उपस्थिति रहेको छ। अझ हरिवंश आचार्य पुगेपछि उनलाई भेट्न र फोटो खिचाउने दर्शकको उपस्थिती पनि हलमा राम्रो देखिएको छ। आज नेपालगन्जका हलमा दिनभर नै हरिवंश आचार्यले दर्शक भेट्ने कार्यक्रम सञ्चालन हुने बताइएको छ।दिपेन्द्र के. खनाल निर्देशित सिनेमा मा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ।

एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको सिनेमा लाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका छन्। कृष्ण बहादुर थापाले खिचेको सिनेमा लाई नकुल खड्काले सम्पादन गरेका छन्। वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको संगीत रहेको सिनेमा मा आशिष अविरल, समिक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईको स्वर सुन्न सकिन्छ। 

सम्बन्धित समाचारसबै