सिनेसुत्र, बिराटनगर- विराटनगरमा आयोजना हुने एक्सट्रिम इनर्जी ड्रिंक प्रस्तुत र लाइभ इन्टरटेन्मेन्ट विराटनगरद्वारा आयोजना हुने चौथो संस्करणको ‘बिराटनगर म्युजिकल फेस्टिभलका लागि टिकट बिक्री सुरु भएको छ ।
आगामी असोज ३१ गते शुक्रबार साँझ विराटनगरको जैन भवनमा भव्य रूपमा आयोजना हुने उक्त इभेन्टका लागि अहिले तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।
‘लाईभ ईन्टरटेनमेन्ट’को आयोजनामा हुने यस संस्करणमा अहिलेका चर्चित दुइ ब्याण्ड स्वर र पूर्ण राई एण्ड दाजुभाइहरू साथै विराटनगरकै लोकप्रिय दि स्मृति ब्याण्ड र शुभम एण्ड द ब्याण्डको सांगितिक प्रस्तुति संगै विराटनगरका स्थानीय डान्स क्लबहरूका आकर्षक नृत्य पनि रहनेछन्।

विराटनगरवासी संगीतप्रेमीहरूलाई सहज रूपमा टिकट उपलब्ध गराउनका लागि आयोजकले शहरका विभिन्न ११ स्थानमा टिकट वितरण सुरु गरेको जानकारी कार्यक्रम संयोजक सन्तोष महत (सेन्ट्रो) ले दिएका छन् ।
महतका अनुसार, टिकट विराटनगरका मोजो क्याफे (ट्राफिक चौक), साईन्को कटिरोल, द न्यु सप, रेड मड क्याफे (रेन्बो गल्ली), न्यु म्यु चस्मा घर (मेन रोड), द स्क्वायर रेष्टुरेन्ट, एप्पल स्पट (जैन भवन अगाडि), जिरो प्वाइन्ट रेष्टुरेन्ट (बरगाछी), टर्किस टि प्वाइन्ट (पिपल चौक), चिया स्टेशन (एयरपोर्ट) र **फूजन (पुष्पलाल चौक)**मा किन्न सकिनेछ ।
यसबाहेक, टिकट खल्ती एपमार्फत पनि अनलाइन खरिद गर्न सकिनेछ ।
कार्यक्रमका लागि टिकट दर जनरल ३ सय रुपैयाँ र भिआईपी १ हजार रुपैयाँ तोकिएको आयोजकले जनाएको छ ।


