सिनेसुत्र, बिराटनगर- सपना देख्ने आँट, चुनौतीलाई अवसरमा रूपान्तरण गर्ने हिम्मत, र आफ्नो क्षमतामा अटूट विश्वास र आफूभित्र लुकेको ‘हिरो’ खोज्ने विश्वास — यही हो सिनेमा को कथा । यात्रा केवल सिनेमा निर्माणको होइन एक सपना, एक संघर्ष, र आत्म अभिव्यक्तिको धरोहर हो ” भन्नुहुन्छ निर्देशक जानकी पन्त जुन ।
नेपाली कथानक सिनेमा “कुमुदे हिड्यो हिरो बन्न” करिब २८ दिनको दाङ र काठमाण्डौको छायांकन सकेर सम्पादन कार्यमा जुटेको छ । बुधबार सम्पादक सन्देश शाहलाई सिनेमा को सम्पादकको रुपमा सम्झौता गर्दै सम्पादन सुरु गरिएको छ । शाहित्यकार तथा गीतकार जानकी पन्त जुनको डेब्यु निर्देशनमा बनेको यस सिनेमा लाई सम्पादक सन्देश शाहले सम्पादन गर्नेछन् ।
सिनेमा मा कुमुद पन्त प्रमुख अभिनेताको रुपमा देखिएकाछन् भने उनलाई अभिनेत्रीमा रिचा थापा र रबिना परियारले साथ दिएका छन् । सिनेमा मा प्रमुख कलाकारहरुमा बिष्णु पन्त, रवि गिरी, दिनेश कुँवर, शंकर राज पहाडी, पिताम्बर रिजाल , सचिन भुसाल, रबिन बराइली, किरण मगर पुन, सरस्वती बी .क लगायतकाको अभिनय रहेको छ । सिनेमा मा बाल कलाकार प्रयुश दत्त सुवेदीले प्रमुख बाल कलाकार “कुमुदे”को भूमिका निभाएका छन् भने उनलाई साथ दिएका छन् बालकलाकारहरु काव्यरस रिजाल, युनिश घिमिरे, युनिका खत्री लगायतकाले ।
सिनेमा कुमुद इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माता बिष्णु पन्त शर्मा आचार्यले निर्माण गर्न लागेकी हुन् । चक्र बहादुर बराल सह-निर्माताको रुपमा रहेको यस सिनेमा का कार्यकारी निर्माता रंग पत्रकार एवम् रेडियो प्रस्तोता भोला सुबेदी (आर्जे प्रणव) रहेका छन् । यस अघि पनि सिनेमा “ज्ञान शास्त्र” निर्माण गरेका संचारकर्मी एवम रंग पत्रकार भोला सुवेदी (आर्जे प्रणव ) भन्नुहुन्छ , पहिला शिक्षा क्षेत्र संग सम्बन्धि सिनेमा निर्माण गरे “ज्ञान शास्त्र” अब अहिले मैले मेरो रंग पत्रकारितामा पाएको अनुभब समेटेर हिरो बन्न हिंडेको एक युवाको वास्तविक कथामा सिनेमा निर्माण गरेको छु , एउटा सफल अभिनेताले जीवनकलामा हिरो बन्न हिडेको संघर्षको कथा नै मेरो सिनेमा को मुटु हो , जुन मैले मेरो वास्तविक जीवनमा नायक एवम नायिकाहरु संगको अन्तरबार्ताबाट पनि केहि सुनेको थिए त्यहि सिनेमा को पर्दामा देखाउने कोसिस गरेको छु ” कार्यकारी निर्माता भोला सुबेदि भन्नु हुन्छ ।
सिनेमा को छायांकन नेपालका रमणीय स्थान दाङ, पोखरा र काठमाडौंमा भएको छ । निर्देशक जानकी पन्त जुनका अनुसार सिनेमा “बायोपिक र सत्यकथा” मा आधारित छ, जसले नेपाली सिनेमा मा नयाँपन र वास्तविकताको स्वाद दिनेछ । दाङको एउटा युवाको कथा भएकोले हामीले यो सिनेमा पहिला दाङमा बिशेष शो गरेर मात्र सार्वजनिक प्रदर्शन गर्नेछौ ” निर्देशक जानकी पन्तले भन्नु भयो ।
सिनेमा मा महिला द्वन्द निर्देशक किरण दाहालको रोचक द्वन्द, बिपिन आचार्य र ओम सुनारको संगीत, तथा सन्देश शाहको सम्पादन रहको छ । उत्तम प्रसाद अधिकारीको असोसिएट् निर्देशन रहको यस सिनेमा को प्रदर्शन मिति भने आगामी २०८३ साल तोकिएको छ। यस सिनेमा ले नेपाली सिनेमा क्षेत्रमा नयाँ कथा–विधान, वास्तविकता र प्रेरणादायी यात्रा प्रस्तुत गर्ने विश्वास निर्माण पक्षले लिएको छ ।

