‘कल्ली’ सिनेमा का ३ पोस्टर सार्वजनिक : तीन फरक पोस्टरसँग प्रचार सुरु

0 Shares

सिनेसुत्र, बिराटनगर- फागुनको १ गतेबाट रिलिजमा आउन लागेको सिनेमा ‘कल्ली’ को ३ पोस्टर सार्वजनिक गर्दै यसको निर्माणपक्षले प्रचार आरम्भ गरेको छ। किरण नेपालीको प्रस्तुतिमा तयार भएको यो सिनेमाको पोस्टरमा कलाकारहरूको फरक फरक गेटअप देख्न सकिन्छ। महेश दवाडीको लेखन रहेको यो सिनेमामा कथा र निर्देशन लक्ष्मण सुनारको छ।सार्वजनिक पोस्टरमा नायक नाजिर हुसेन र नायिका वर्षा राउतको काखमा बाल कलाकार मञ्जिला बानियाँलाई देख्न सकिन्छ। यस्तै, अर्को पोस्टरमा कलाकार सुलक्षण भारतीको भिन्न गेटअप छ भने अर्को पोस्टरमा नायक सौगात मल्ललाई देख्न सकिन्छ। यसले, सिनेमाको कथावस्तुबारे दर्शकको उत्साह अझै बढाउने देखिएको छ।यो सिनेमामा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, सुलक्षण भारती, वर्षा राउत, बेगम नेपाली, बिनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरुङ, सन्जोक राणा, गीता अधिकारी, कुल बहादुर अधिकारी, सरस्वती खत्री र श्याम मगरको मुख्य भूमिका छ। यस्तै, सिनेमामा उपेश ढकाल, मञ्जिला बानियाँ र समर्पण खतिवडा बाल कलाकारको रूपमा छन्।

आशिष अविरल, सरित राई, केतन क्षेत्रीको संगीत रहेको यो सिनेमामा एन.भी. महर्जनको एक्सन र निसाल पौडेलको छायांकन छ। राकेश दाहालले सिनेमाको पोस्टर तयार पारेका हुन्। लेकाली इन्टरटेन्मेन्ट प्रा.लि र कस्तुरी प्रोडक्सनको प्रस्तुतिमा यो सिनेमा तयार भएको हो।

सम्बन्धित समाचारसबै