शोभित बस्नेत निर्देशित ‘पीआर’ सिनेमा मंसिर २६ बाट प्रदर्शनमा

0 Shares

सिनेसुत्र, बिराटनगर- शोभित बस्नेतको निर्देशनमा निर्माण भएको सिनेमा ‘पीआर’ को प्रदर्शन मिति घोषणा भएको छ। निर्माण टिमले काग तिहारको अवसर पारेर सिनेमाको प्रदर्शन आउँदो मंसिर २६ गतेबाट तोकेको हो। सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको यो सिनेमामा आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, विमला खत्री, म्याक्स गणेश बुढाथोकी, कृष्ण थापा, नवीन घायलको प्रमुख भूमिका रहेको छ।सिनेमामा प्रेम, संघर्ष र आप्रवासनसँग जोडिएको भावनात्मक कथामा निर्माण भएको हो। सिनेमाको प्रस्तुति रञ्जित साह र सन्तोष तिवारीले गरेका हुन् भने लक्ष्मण सापकोटा र प्रदीप दाहाल निर्माता रहेका छन्। निर्माण पक्षका अनुसार सिनेमा ‘पीआर’ ले विदेश जाने नेपाली युवाको सपना, संघर्ष र त्यसका पछाडिका यथार्थ पक्षहरूलाई कथाको मुख्य विषय बनाएको छ।सिनेमाको सम्पादन बन्दे प्रसादले गरेका छन् र लेखन गणेश बुद्धाथोकीको रहेको छ। डान्स राम्जी लामिछानेले निर्देशन गरेका छन् भने संगीतमा मानस राज र भिम बी.सी.को योगदान रहेको छ। निर्देशक बस्नेतले बताए अनुसार यो सिनेमामा दर्शकले रोमान्स, एक्सन र सामाजिक सन्देश भेट्नेछन्। उनले भने, पीआर लाई नेपालको कथा, नेपाली युवाको सपना र संघर्षका रूपमा दर्शकसामु ल्याउन लागेको छौँ।

सायद दर्शकले फरक स्वाद अनुभव गर्नुहुनेछ भन्नेमा विश्वास लिएको छु। सौरव मानन्धर र सौरव लामाले खिचेको सिनेमालाई आर आर फिल्म्सले वितरणको जिम्मा लिएको छ।

सम्बन्धित समाचारसबै