सिनेसुत्र, बिराटनगर- आगामी माघ १६ गतेबाट रिलिज मिति घोषणा गर्दै ‘आ बाट आमा’ टिमले पोस्टर सार्वजनिक गरेको छ। तिहारको लक्ष्मीपूजाको विशेष अवसर पारेर सिनेमा ‘आ बाट आमा’ को पहिलो आधिकारिक पोस्टर सार्वजनिक गरिएको हो।
जहाँ सार्वजनिक पोस्टरमा विपना थापा, प्रदीप रावत र पल शाह खुशी मुन्द्रामा देखिएका छन्। जहाँ सन्तानको खुशीमा बुबाआमा पनि खुसी भएको अनुमान गर्न सकिन्छ। ग्रामीण परिवेशमा आधारित सिनेमाले आमाबाबु र सन्तानबीचको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेको संकेत पोस्टरले गरेको छ।
पोस्टरमा लेखिएको संवाद, ‘बा आमाले परिश्रमले घर बनाउनु भयो, हामीले रहर र बाध्यताले पासपोर्ट बनायौं।’ ले कथा आम नेपाली परिवारको यथार्थसँग गहिरो सम्बन्ध राख्ने देखिन्छ। सिनेमाको निर्माण पक्षका अनुसार, सिनेमाले ‘घर र आमाको माया’ भन्ने भावनालाई दर्शकसमक्ष नजिकबाट प्रस्तुत गर्नेछ।
चन्द्र पन्तको लेखन, पटकथा र निर्देशनमा र आर्या पन्तको प्रस्तुति मा निर्माण भएको यो सिनेमामा विपना थापा, प्रदीप रावत, पल शाह, साईग्रेस पोखरेल, सिम्रन पन्त, उषा उप्रेती, विशाल पहाडी, रवीन्द्र झा, गजित बिष्ट, हेमराज अधिकारी (खनत्या खलास), दिलिप उखेडा लगायत रहेका छन्।
सिनेमा ‘आ बाट आमा’ मा ओमकार पन्त, कृष्णप्रसाद सुवेदी, ध्रुव न्यौपाने, प्रकाश कुँवर र क्षितिज ढुङ्गाना निर्माता हुन् भने कार्यकारी निर्मातामा करण सिंह रसाइली रहेका छन्। आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो सिनेमाको डिओपीमा नवराज उप्रेती रहेका छन्। सिनेमाको संगीतमा कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतम रहेका छन्।
यो सिनेमाको विदेश प्रदर्शन अधिकार उच्च मागको साथ बिक्री भइरहको छ। हिमारु इन्टरटेन्मेन्ट प्रा.लि.ले अस्ट्रेलिया र न्युजिल्याण्ड प्रदर्शन अधिकार लिइसकेको छ। नेपालमा सिनेमाको प्रदर्शन अधिकार भने आरआर फिल्मस्ले गर्दैछ। सिनेमाको डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ।



