‘परान’ सिनेमा हेर्नेहरूले जित्न सक्छन् १ लाख : यस्तो छ प्रक्रिया

0 Shares

सिनेसुत्र, बिराटनगर- आगामी साता (कार्तिक १४) गतेबाट रिलिज हुने पारिवारिक कथानक सिनेमा ‘परान’ले दर्शकहरुलाई सिनेमा प्रति थप आकर्षित गराउन एक लाख पुरस्कार दिने घोषणा गरेको छ ।

सिनेमाले ‘मेरो परान’ नामक प्रतियोगिताको घोषणा गर्दै शो पुरस्कार रासी घोषणा गरेको हो । यस प्रतियोगितामा सहभागीता जनाउन इच्छुकले हाल आफ्नो जीवनमा रहेको आफ्नो ‘परान’ को हो ?, ऊसँगको तस्विर पोस्ट गर्दै क्याप्सनमा ‘मेरो परान’ लेखेर आफ्नो कुराहरु लेख्न पाउनेछन् । साथै उक्त पोस्ट सिनेमा को अफिसियल फेसबुक पेजलाई ट्याग गर्नुपर्नेछ ।निर्माणपक्षले सो तस्बिरमा आफ्नो परानका रुपमा बुबा, आमा वा बुबाआमा दुबै वा श्रीमान, श्रीमती या प्रेमीप्रेमिका, साथी अथवा दाजुभाइ एवम् दिदीबहिनी मध्ये जोकोहीसँगको फोटो पोस्ट गर्न सक्नेछन् । त्यसरी पोस्ट गर्ने मध्ये १ जनाले लक्की ड्र मार्फत १ लाख रुपैंया जित्ने अवसर प्राप्त गर्नेछन् भने सय जनाले सिनेमा को विशेष शोको टिकट पाउने छन् ।यसैगरी ‘परान’ सिनेमा को प्रचारमा केही स्वयंसवकहरु सिनेमा को क्यूआरसहित शहरका विभिन्न भागमा घुम्ने र शो क्रममा क्यूआर स्कान गरी ‘परान’ सिनेमा को ट्रेलर वा गीत सेयर गर्नेलाई सिनेमा का कलाकारसँगै सिनेमा हेर्ने अवसर प्रदान गर्ने घोषणा समेत गरेको छ । ५० जना दर्शकलाई यो अवसर दिइनेछ । यस दुबै प्रतियोगितामा रिलिजको एकसाता पछिसम्म अर्थात कार्तिक २० गतेसम्म सहभागिता जनाउन पाइनेछ ।गोल्छा अर्गनाइजेसनका शेखर गोल्छासमेतको प्रत्यक्ष सहभागितामा निर्माण भएकोले पनि ‘परान’लाई नेपाली रजतपटले विशेष रुपमा हेरेको छ । यस्तै सिनेमा मा शेखर गोल्छासँगै तीनदशकको इतिहास बोकेको प्रिज्मा एडभर्टान्जिङ एजेन्सीका प्रमुख रन्जित आचार्यको लगानी छ । नेपाली बिजनेशको मार्केटमा छुट्टै पहिचान बनाएका यि दुई ब्यक्तिको आगमनका कारण पनि एउटा सशक्त सिनेमा बनेको अपेक्षासमेत दर्शकहरुमा छ ।

सिनेमाले एक बुबा र छोराको कथालाई प्रस्तुत गरेको छ । सिनेमा को शीर्ष भूमिकामा वरिष्ठ अभिनेता नीर शाहले अभिनय गरेका छन् । सक्किगोनी फेम दीपकप्रसाद आचार्य (काकु) को निर्देशनमा बनेको यो पहिलो सिनेमा हो ।केहि समयअघि सार्वजनिक सिनेमा को ट्रेलरले राम्रो प्रतिक्रिया पाएको छ । सिनेमा मा निर शाहसँगै मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुव्रतराज आचार्य, सुरेश थापा, विनोद राई, तथा बाल कलाकार आर्यदीप आचार्य, आरभजंग अधिकारीको अभिनय रहेको छ ।

सम्बन्धित समाचारसबै