पल शाह र श्वेता महराको अभिनयमा ‘बेली चमेली’ सार्वजनिक

0 Shares

सिनेसुत्र, बिराटनगर- ‘बेली चमेली’ गीत सार्वजनिक गरिएको छ । गीतमा स्वाती भाटको मुख्य स्वर, बिनोद ढकालको र्‍याप तथा निशाद चन्द्राको संगीत संयोजन रहेको छ। गीतको मिक्स-मास्टरिङ् बलिउडका ख्यातिप्राप्त मिक्सिङ् इन्जिनियर मनीभनन आनन्दन (मुम्बई) ले गरेका हुन् ।

भारतमा छुट्टै पहिचान बनाइसकेको मशकबिन स्टुडियोको ब्यानरमा नेपाल-भारत सहकार्यमा तयार गरिएको गीतलाई मशकबिन नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।यस गीतको भिडियोमा नायक पल शाह र भारतीय मोडल तथा नायिका श्वेता महराको मनमोहक अभिनय तथा नृत्य देख्न सकिन्छ । उनीहरुलाई राज टाइगर, बिन्दु रसाइली, रेन्सिका खत्री र सुरक्षा तामाङले अभिनयमा साथ दिएका छन् ।

कवीराज गहतराजको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा पललाई एउटा फरक र रोचक शैलीमा प्रस्तुत गरिएको छ, जहाँ श्वेताले उनको हातमा हतकडी लगाएको दृश्यले दर्शकमा कौतूहलता जगाउँछ । यो कुनै वास्तविक घटना नभई गीतको भिडियोमा देखाइएको काल्पनिक दृश्य हो ।सुरेश जोशी प्रस्तुतकर्ता रहेको गीतको भिडियोमा सुदिप बरालको छायांकन, बन्दे प्रसादको सम्पादन र रेनिस फागोको कलर छ । एक दिनअघि सार्वजनिक भएको यो म्यूजिक भिडियोले सामाजिक सञ्जालमा समेत राम्रो चर्चा बटुलिरहेको छ । भिडियो हेर्नुहोस :

सम्बन्धित समाचारसबै