सुशील श्रेष्ठको एक्सन सहित ‘परिवर्तन’ सिनेमा को टिजर सार्वजनिक

0 Shares

सिनेसुत्र, बिराटनगर- आगामी माघ ९ गतेबाट प्रदर्शनमा आउन लागेको **सिनेमा ‘परिवर्तन’**को टिजर सार्वजनिक गरिएको छ। छठ पर्वको अवसर पारेर निर्माण टिमले सिनेमाको टिजर सार्वजनिक गरेको हो। देशमा विद्यमान भ्रष्टाचार, बेथिति, अन्याय र अत्याचारको विरोध गर्दै युवाहरूले अब देश परिवर्तनको नेतृत्व लिनुपर्ने सन्देश बोकेको देख्न सकिन्छ।
सिनेमामा अभिनेता सुशील श्रेष्ठलाई एक्सन अवतारमा देख्न सकिन्छ। टिजर रिलिज कार्यक्रममा बोल्दै सिनेमाका निर्माता तथा कथा लेखक दीपक शिवाकोटीले ‘परिवर्तन’ले देशभक्त युवाको आवाजलाई पर्दामा उतार्ने प्रयास गरेको बताए। उनले भने, ‘अबको परिवर्तन युवाबाटै सम्भव छ, यही सन्देश बोकेको हाम्रो सिनेमाले समाजमा चेतना जगाउनेछ।’विजय केरुङको निर्देशनमा बनेको यो सिनेमामा सुशील श्रेष्ठ, अञ्जना बराईली, करिश्मा मानन्धर, बुद्धि तामाङ, सुभाष मेचे, सरोज खनाल, हेमन्त बुढाथोकी, पुकार भट्टराई, शंकर श्रेष्ठ, गौतम तिवारी, यमनाथ खरेल, शिरु बिष्ट, आशा पौडेल, आयुषा कार्की लगायतका कलाकारहरूको अभिनय रहेको छ।

सिनेमाका निर्देशक विजय केरुङले टिजरमार्फत ‘परिवर्तन’को मुख्य सन्देश दर्शकसमक्ष पुर्‍याउन खोजिएको बताए। उनका अनुसार सिनेमाले युवाको विद्रोही सोच, देशप्रतिको जिम्मेवारी र सुधारको चाहनालाई प्रस्तुत गर्नेछ।शिवम अधिकारीको लेखनमा बनेको सिनेमामा एस.डी. योगीको संगीत, श्री श्रेष्ठको एक्सन निर्देशन, शिव ढकालको छायांकन र बन्दे प्रसादको सम्पादन रहेको छ।
सिनेमाको वितरण आर आर फिल्मस्ले गर्नेछ भने डिजिटल पार्टनर ओएस आर रहेको छ। टिजर हेर्नुहोस : 

सम्बन्धित समाचारसबै