‘वरिष्ठ बलराम’मा दयाहाङ राईको नयाँ फरक अवतारले जित्यो दर्शकको मन

0 Shares

सिनेसुत्र, बिराटनगर- सिनेमा ‘वरिष्ठ बलराम’मा अभिनेता दयाहाङ राई केही फरक अवतारमा देखिएका छन् । टाई, सुट र कोटमा ठाँटिएर हिँड्छन् । समाजमा उचो छवि छ । प्रहरी प्रशासनदेखि राजनीतिक र समाजले उनको मानमनितो गर्छ । छवि अनुसारको गेटअपमा उनी देखिएका छन् । प्रायः सिनेमा मा दयाहाङलाई गाउँले गरिब चरित्रमा देखिन्छ । तर, ‘वरिष्ठ बलराम’मा उनी आवरणमा बिलकुल भिन्न देखिएका छन् । उनको यो रुप पनि दर्शकले रुचाएका छन् ।उनको अभिनयसँगै गेटअप पनि दर्शकले मन पराएका हुन् । सधैँ एउटै चरित्रमा देखिरहेका दयाहाङको गेटअप दर्शकलाई मन परेको हो । अभिनय कलाले सधैँ दर्शकको मन जितेका दयाहाङको हुनेखाने र शहरिया हुलिया पनि मन पराइएको हो ।

सम्भत अब दयाहाङलाई निर्माताहरूले यो गेटअप अर्थात् शहरिया रोलमा पनि कास्ट गर्न सुरु गर्नेछन् । टाइपकास्टबाट बच्ने सम्भावना छ । कात्तिक ६ गतेबाट रिलिज भएको यो सिनेमा अहिले सकारात्मक वर्ड अफ माउथसहित चलिरहेको छ । दर्शकले रगतको सँगै भावनाको नाता पनि उत्तिकै बलियो हुने र स्थानीय स्रोतको दोहनको कथा मन परेको प्रतिक्रिया दिइरहेका छन् ।सिनेमा ‘वरिष्ठ बलराम’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्म्सको सहकार्यमा बनेको यो सिनेमा मा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके)लगायत कलाकारहरूको अभिनय छ ।

सिनेमा को कथा र सम्पादन निर्देशक पौडेलकै रहेको छ भने पटकथा महेश दवाडी ले लेखेका हुन् । निर्मातामा आशिष एच तामाङ र श्रीराज कार्की, कार्यकारी निर्मातामा प्रदीप जी धामी र पुष्कर बी. घिमिरे छन् । लाइन प्रोड्युसर राम विष्ट हुन् ।मनकृष्ण महर्जनको छायांकन, प्रशान्त सिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन र प्रदीप लामोको नृत्य निर्देशन रहेको सिनेमा लाई उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युसनले वितरण गरेको छ । 

सम्बन्धित समाचारसबै