‘मन बिनाको धन’को मन छुने ट्रेलर सार्वजनिक : अशोक दर्जीको जीवनकथा

0 Shares

सिनेसुत्र, बिराटनगर- कात्तिक २१ गतेबाट प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित सिनेमा ‘मन बिनाको धन’को बुधबार राजधानीमा एक कार्यक्रमको बिच ट्रेलर सार्वजनिक गरिएको छ । सिनेमाको ट्रेलरमा बर्तमान समाज, मन अनि धन बीचको टकराव र अशोक दर्जी कसरी जिरो देखिको हिरोको यात्रामा अगाडि बढेका छन् भन्ने विषयलाई भावनात्मक र सूक्ष्म ढङ्गले प्रस्तुत गरिएको छ ।बाटोमा गीत गाउदै माग्दै हिँडेका अशोक दर्जीलाई टंक बुढाथोकीले आफूसँग राखेर ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ मार्फत उनको जीवन नै परिवर्तन गरिदिएका छन् । अशोक हाल काठमाडौंमा कक्षा ९ मा अध्ययनरत छन् । अशोकको पेरिफेरीमा रहेर निर्माण गरिएको यस सिनेमामा सामाजिक विषयवस्तुमा प्रस्तुत गरिएको छ ।

टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहेको सिनेमा ‘मन बिनाको धन’को कथा बुढाथोकी आफैंले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् । सिनेमा ‘मन बिनाको धन’मा निर्माता विष्णु माया मैनाली रहेकी छिन् भने कार्यकारी निर्मातामा मिनु शर्मा (सपना) रहेकी छिन् ।यस्तै जी.पी. संग्रोला, बिबेक नेपाल र बिजया पाण्डे सहनिर्मातामा रहेका छन् । टिकाराम बुढाथोकी सिनेमाका क्रियटिभ निर्देशक हुन् । सिनेमामा अशोक दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, ए.आर. बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन पोखरेल, विजय डंगोललगायत कलाकारहरूको अभिनय रहेको छ ।

सिनेमामा टंक बुढाथोकीको संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, मित्र डी. गुरुङको सम्पादन र नवराज शर्माको मुख्य सहायक निर्देशन रहेको छ । सिनेमा लाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् । ट्रेलर हेर्नुहोस :

सम्बन्धित समाचारसबै