‘रमिताको पिरती’मा त्रिकोणात्मक प्रेम : धिरज र समीर कसको पिरती आना शर्मा ? फस्टलुक संगै प्रदर्शन मिति सार्वजनिक

0 Shares

सिनेसुत्र, बिराटनगर- सिनेमा ‘रमिताको पिरती’को फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको छ । सुदिप्ताको निर्देशनमा तयार भएको यो सिनेमा माघको २३ गतेबाट रिलिजमा आउने पक्का भएको छ । आज ललितपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सिनेमा को फस्टलुक सार्वजनिक गरिएको हो । यो सिनेमा मा नायिका आना शर्मा मुख्य भूमिकामा छिन् । उनको साथमा सिनेमा मा नायकद्धय धिरज मगर र विनय श्रेष्ठलाई देख्न सकिन्छ । यही सिनेमा बाट गायक समीर श्रेष्ठ सिनेमा को पर्दामा नायकको रुपमा उदाउँदैछन् ।महिला केन्द्रित यो सिनेमा को फस्टलुकमा नायिका आना शर्माका विभिन्न लुक्स देख्न सकिन्छ । सिनेमा मा उनी ‘रमी’ पात्रको भूमिकामा छिन् । उनीसँग जोडिएका पात्र र उनको कथाको वरिपरी यो सिनेमा बनेको छ । आना शर्मा र सन्तोष लम्साल कार्यकारी निर्माता रहेको यो सिनेमा मा आर.पी प्रोडक्सन एसोसियट निर्माताको रुपमा छ । सिनेमा का निर्माता सागर लम्साल हुन् ।

सिनेमा मा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेलको संगीत छ । शिशिर विशांखेको डीओपी रहेको सिनेमा मा सुनिल सिवाकोटीको सम्पादन, कपिल पराजुलीको कलर, कातिक बरालको कोरियोग्राफी छ ।यो सिनेमा लाई काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र एप्पल इन्टरटेन्मेन्टले वितरण गर्नेछन् भने काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्नेछ । कार्यक्रममा प्रमुख अतिथीको रुपमा पुगेका चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले सिनेमा ले केही फरक आयाम र कथा बोकेको भन्दै शुभकामना दिएका थिए ।

कार्यक्रममा बोल्दै नव–नायक समीर श्रेष्ठले आफू यो सिनेमा मा संगीतकारको रुपमा जोडिएको र कथावस्तु मन परेपछि काम गरेको सुनाए । यस्तै, नायिका आना शर्माले ४ वर्ष अगाडि नै यो कथा आफूले सुनेको र यसको कथावस्तु फरक लागेकाले जोडिएको सुनाइन् । उनले अहिले आफ्नो जीवनमा ‘रमिताको पिरती’ नै घुमिरहेको तर्क गर्दैै दर्शकलाई यो सिनेमा को कथावस्तु मनपर्ने तर्क गरिन् ।

सम्बन्धित समाचारसबै