सिनेमाको निर्माण टिमले सार्वजनिक विज्ञप्तीमा भनिएको छ, ‘हामीले सिनेमा ‘जारी २’को साउण्ड मिक्सिङ इमर्सिभ साउण्ड फर्म्याटमा सम्पन्न गरेका छौं, जसका कारण दर्शकहरूले यो सिनेमालाई डल्बी एटमस, डिटिएसःएक्स र अरो म्याक्स प्रणालीमा साउण्ड अनुभवका साथ हेर्न सक्नेछन् ।’
यो सिनेमाको मिक्सिङ कार्य डल्बीको फेडर युनिट ५.८ मा गरिएको हो । देशभर सञ्चालनमा रहेका प्रत्येक सिनेमा हलमा साउण्ड प्रेसर लेभल (एसपीएल) फरक-फरक हुने भएकाले यो सिनेमाको व्यावसायिक प्रदर्शन सुरु गर्नु अघि एक पटक टेस्ट रन गर्न सवै सिनेमा घरलाई अनुरोध गर्दछौं ।
यी सवै कुरालाई ध्यानमा राख्दै हामीले सिनेमा ‘जारी २’लाई डल्बी फेडर युनिट ५.८ मा मिक्सिङ गरेका छौं । त्यसैले सवै सिनेमा हलहरूलाई अनुरोध छ, ‘सिनेमा प्रदर्शन अघि न्यूनतम भोल्युम युनिट ५ बाट टेस्ट रन गर्नुहोस् र साउण्ड स्तर कम-बढी लागेमा त्यहि अनुसार साउण्ड लेबल सेट गरिदिनु हुन विनम्र अनुरोध गर्दछौ ।’
यदि हाम्रो सिनेमालाई ३, ३.५ वा ४ युनिटमा चलाइएमा साउण्ड सानो सुनिन सक्छ, त्यसैले मापदण्ड अनुसारको भोल्युम स्तर कायम गरिदिनु हुन अनुरोध गर्दछौं । सिनेमा ‘जारी २’लाई दर्शकले राम्रो साउण्ड अनुभवका साथ सुन्न सकून् भन्ने हाम्रो उद्देश्य हो । त्यसैले सवै सिनेमा हलहरूलाई प्राविधिक सहयोग र समन्वयका लागि हार्दिक अनुरोध गर्दछौं । यसका साथै भविष्यमा बासुरी फिल्मस्को सिनेमालाई हामि फेडर युनिट ७ मा मिक्सिंग गर्दै दर्शकलाई उत्कृष्ट अनुभव दिने कोशिस गर्नेछौं ।
उपेन्द्र सुब्बा लिखित तथा निर्देशित सिनेमालाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन् । सिनेमामा दयाहाङ राई, मिरुना मगर तथा विजय बरालको प्रमुख भूमिका रहेको छ ।
बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्म यो वर्ष व्यापार गर्ने फिल्मको श्रेणीमा राखिएको छ । सिनेमामा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको पनि अभिनय छ ।