मिलन चाम्सको नयाँ सिनेमा ‘सुम्निमा’ बाट डेब्यु गर्दै लन्डनकी सोल गुरुङ

0 Shares

सिनेसुत्र, बिराटनगर- निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण भइरहेको प्रेमकथानक सिनेमा ‘सुम्निमा’ मार्फत नेपाली सिनेमा क्षेत्रमा नयाँ नायिकाको आगमन भएको छ। हालै लन्डनमा पहिलो चरणको छायांकन सम्पन्न गरेर फर्किएको टिमले सिनेमा की मुख्य अभिनेत्री सोल गुरुङलाई सार्वजनिक गरेको हो। लामो समयदेखि लन्डनमा बसोबास गर्दै आएकी सोलले यस सिनेमा मार्फत डेब्यु गर्दै छिन्। उनले यसअघि केही म्युजिक भिडियोहरूमा मोडलिङ गरेकी छन्।गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण हुने यो सिनेमा को नाम सुन्दा नारीकथामा आधारित जस्तो लागे पनि, यो एक शुद्ध लभ स्टोरी हुने निर्देशक चाम्सले बताएका छन्। सिनेमा मा सोल गुरुङ, कुन्साङ बमजन, अनुप विक्रम शाही, धिरेन शाक्य, माओत्से गुरुङ, सुरज तमु, आकाश सुनुवार, सलिना थापा, सुस्मा सुब्बा प्रमुख भूमिकामा देखिनेछन्।

निर्देशक चाम्सका अनुसार सिनेमा युनिभर्सल कथामा आधारित रहनेछ र अन्तर्राष्ट्रिय बजारलाई लक्षित गरी निर्माण गरिनेछ। राजीव थापाको लेखनमा तयार भइरहेको ‘सुम्निमा’ को दोस्रो चरणको छायांकन अब नेपालमा हुने बताइएको छ।‘विर विक्रम’, ‘लिली बिली’, ‘ब्लाइण्ड रक्स’, ‘बबी’, ‘गोर्खा वारियर’ र ‘अञ्जिला’ जस्ता फरक–फरक शैलीका सफल सिनेमा निर्देशन गरेर आफूलाई सशक्त फिल्ममेकरको रूपमा स्थापित गरिसकेका निर्देशक मिलन चाम्सको पछिल्लो सिनेमा ‘अञ्जिला’ ले ब्लकबस्टर व्यापार गरेको थियो। साथै, उक्त बायोपिक सिनेमा ले नेपाली सिनेमा इतिहासमा सबैभन्दा बढी व्यापार गर्ने कीर्तिमान पनि कायम गरेको छ।

सम्बन्धित समाचारसबै