‘किन लाग्छ माया’को फस्टलुक पोस्टरमा सन्जीत र जहान्वीको जोडी : चैत्र ६ बाट प्रदर्शन

0 Shares

सिनेसुत्र, बिराटनगर- एस एण्ड एस प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमा “किन लाग्छ माया” यही आउँदो चैत्र ६ गतेबाट नेपालसहित संसारभर एकैसाथ प्रदर्शन हुने भएको छ। प्रदर्शन मिति तय गर्दै निर्माण पक्षले सिनेमाको पहिलो लुक सार्वजनिक गरेको हो। सार्वजनिक फर्स्टलुकमा सिनेमाका मुख्य कलाकारहरू सन्जीत भण्डारी, जाहन्वी बस्नेत, सेडो रियल र ऋचा थापालाई देख्न सकिन्छ।

सन्जीत भण्डारी र मोनु खड्काको निर्माण तथा कुवेर तामाङको निर्देशनमा तयार भएको यो सिनेमामा सन्जीत भण्डारी, जाहन्वी बस्नेत, ऋचा थापा, धिरेन शाक्य, मिस पबीको नामबाट परिचित पवित्रा साकी, हिउबाला गौतम, सबिन बास्तोला, रवि डंगोल, गोपाल ढकाल, राजेन्द्र खड्की, गीता अधिकारी, निरोज खुलाल, सम्रान्त थापा, भेग पहरी, बिनोद ढकाल, रामकाजी घिमिरे, रबिन्द्र खड्का, सुनील कटुवाल, नारायण प्रधान, सुभाष गजुरेल, रमेश घिमिरे, ईश्वर दाहल, रामचन्द्र श्रेष्ठ, रूपा थापा, नेहा देव, श्री स्वस्थानी तामाङ, अनुजा भट्टराई घिमिरे, आरती बुढ़ा, रामजी लमसॉल र प्रज्ञान खड्का लगायत कलाकारहरूको अभिनय रहेको छ।बाल कलाकारमा आराध्या राज्यलक्ष्मी बी.सी., विनायक सुनुवार र सुरित पूढासैनीको सिनेमामा अभिनय छ। म्यूजिक भिडियोमा निरन्तर काम गर्दै आएका कलाकार सेडो रियल यो सिनेमाबाट डेब्यु गर्दैछन्। सिनेमाको कथा सेडो रियलकै अवधारणामा आधारित छ भने पटकथा र संवाद रामकाजी घिमिरेले तयार पारेका छन्।

यो सिनेमामा एक्शन राजेन्द्र खड्गी, छायांकन रामशरण उप्रेती, संगीत पुस्कर सुनुवार र राजेन्द्र बजगाँई, कोरियोग्राफी रामजी लामिछाने, नितिन वाइबा, अभि वाग्ले रहेको छ भने सिनेमाका सम्पादक टेकेन्द्र शाह हुन्। सिनेमाको पोस्टर राकेश दाहालले तयार पारेका हुन्। निर्माण नियन्त्रक अर्जुन प्रसाद पोखरेल हुन् भने मुख्य सहायक निर्देशक रामशरण कोइराला हुन् ।

यो सिनेमाले दाजुभाइबीचको मित्रता, एक-अर्काप्रतिको जिम्मेवारी, त्याग, र विवाहपछि श्रीमान-श्रीमतीबीच विकसित हुने प्रेमलाई प्रस्तुत गर्नेछ। पारिवारिक तथा सामाजिक कथावस्तुमा निर्माण भएको यो सिनेमाले दर्शकको मन जित्ने विश्वास गरिएको छ। 

सम्बन्धित समाचारसबै