‘मन बिनको धन’ मा समावेशी गीत ‘ह्याप्पी बर्थडे’ सार्वजनिक

0 Shares

सिनेसुत्र, बिराटनगर- बालगायक अशोक दर्जीको मुख्य भूमिका रहेको सिनेमा ‘मन बिनको धन’ को ‘ह्याप्पी बर्थडे’ गीत सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा टंक बुढाथोकी, मेलिना राई, अन्नु चौधरी, अशोक दर्जी र एआर बुढाथोकीको स्वर रहेको छ भने शब्द, संगीत तथा एरेन्ज टंक बुढाथोकीकै रहेको छ।

सिनेमा ‘मन बिनको धन’ आज २१ औं दिनमा प्रदर्शन भईरहदा तीन करोड ६० लाखभन्दा बढीको कलेक्सन गरिसकेको छ। सिनेमा देशैभरि दर्शकबाट सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ। अहिले देशभरका स्कुलले आफ्ना विद्यार्थी सिनेमा हेर्न हलसम्म लैजाने क्रम बढेको छ। सिनेमा ‘मन बिनको धन’ ले गुरु-शिष्य सम्बन्ध, पारिवारिक मूल्य, कर्तव्यबोध र शिक्षाको महत्व जस्ता सामाजिक पक्षलाई प्रभावकारी तरिकाले प्रस्तुत गरेको छ।कलाकार दर्जीको वास्तविक जीवनको कथावस्तुमा आधारित यस सिनेमा ले दर्शकको मन जितिरहेको छ। दर्शकले दर्जीलाई अँगालो हालेर रोएको दृश्य सामाजिक सञ्जालमा भाइरल बनेका छन्। सिनेमा हेर्न स्कुले विद्यार्थीदेखि बुबाआमा समेत हलबाट भावुक हुँदै निस्किएको देखिन्छ। पहिलो दिनदेखि नै जेन-जी पुस्तादेखि ज्येष्ठ नागरिकसम्म हलमा उपस्थिति जनाइरहेका छन्। यसअघि नै निर्माण टिमले देशभरका विद्यालयलाई सिनेमा ‘मन बिनको धन’ हेर्न छुट दिने घोषणा गरिसकेको छ।

यस सिनेमामा अशोक दर्जी, सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्धि तामाङ, रवीन्द्र झा, पार्वती अधिकारी, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, आर्यन पोखरेल, विजय डंगोललगायत कलाकारको अभिनय रहेको छ।टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहेको सिनेमा ‘मन बिनाको धन’को कथा बुढाथोकी आफैंले लेखेका हुन् भने पटकथा तथा संवाद शिवम अधिकारीले लेखेका हुन्। टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा सिनेमाको निर्माण विष्णुमाया मैनालीले गरेकी हुन्। कार्यकारी निर्मातामा मिनु शर्मा (सपना) रहेकी छन् भने जी.पी. संग्रोला, विवेक नेपाल र विजया पाण्डे सह–निर्मातामा रहेका छन्। टिकाराम बुढाथोकी सिनेमा का क्रियटिभ निर्देशक हुन्। यस सिनेमामा सौरभ लामाको छायांकन, कबिराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी तथा मित्र डी. गुरुङको सम्पादन रहेको छ। भिडियो हेर्नुहोस :

 

सम्बन्धित समाचारसबै