४ वर्षपछि गायनमा फर्किए सरोज ओली : नयाँ गीत ‘तिम्रा माताजीलाई नमस्ते’ सार्वजनिक

0 Shares

सिनेसुत्र, बिराटनगर- गायक सरोज ओली करिव ४ बर्षपछी गायनमा फर्किएका छन्। ‘माछिले खाने खोलिको लेउ’ , ‘जता जता पिरतीको बाटो’ , ‘ए है माया’, ‘माया गरौला’ लगायतका सुपरहिट गीत गाएका ओलीको आवाजमा रहेको नया गीत ‘तिम्रा माताजी लाई नमस्ते’ सार्वजनिक भएको छ।  सरोज ओलीको शब्द र दीपक शर्माको संगीत रहेको गीतमा भारतीय गायिका भुमी त्रिदेवीले फिमेल आवाजमा साथ दिएकी छिन्।  किरण थापाको कोरियोग्राफी तथा निर्देशन रहेको गीतको भिडियोमा गायक ओलीको साथमा आर्यन सिग्देल, प्रियंका कार्की, कविता नेपाली, प्रेमा लाम्गादे प्रस्तुत रहेका छन्।  ठुलो सेटमा डान्सिंगा विटमा तयार पारिएको भिडियोले दर्शकको मन जित्ने देखिन्छ।  पवन सुस्लिङ्गले गीतको भिडियोको छायांकन तथा सम्पादन गरेका छन् । भिडियो हेर्नुहोस :

सम्बन्धित समाचारसबै