भ्यालेन्टाइन २०२६ लक्षित सिनेमा ‘रमिता को पिरति’को टिजर सार्वजनिक

0 Shares

सिनेसुत्र, बिराटनगर- नेपाली सिनेमा ‘रमिता को पिरति’ को अफिसियल टिजर युट्युबमार्फत सार्वजनिक गरिएको छ। टिजरमा अभिनेत्री अन्ना शर्मा, धिरज मगर, समिर श्रेष्ठ र विनय श्रेष्ठको मुख्य भूमिका देख्न सकिन्छ। लोकप्रिय गायक समिर श्रेष्ठले यसै सिनेमाबाट आफ्नो अभिनय यात्रा सुरु गर्दै मुख्य भूमिकामा देखिएका छन्।टिजरमा अन्ना शर्मालाई प्रेम, रोमाञ्च, खुशी, दुःखदेखि हृदयवेदना सम्मका विभिन्न भावनात्मक अवस्थाहरूमा देखाइएको छ, जसले सिनेमाले एउटा युवतीको गहिरो कथा बोकेको संकेत गर्छ। टिजर हेर्दा सिनेमा केही फरक लाग्छ। एक युवतीको मनोविज्ञानलाई सिनेमाले बोलेको देख्न सकिन्छ। सेरो फिल्मस्को प्रस्तुतिमा यो सिनेमा तयार भएको हो।यो सिनेमा विशेष रूपमा एक महिला पात्रको कथा प्रस्तुत गर्छ, र झनै रोचक कुरा—सिनेमालाई लेखन र निर्देशन महिला निर्देशक सुदीप्ताले गरेकी छन्। सिनेमा आउँदो भ्यालेन्टाइन २०२६, अर्थात् माघ २३ मा सार्वजनिक हुँदैछ। सिनेमाका निर्माता सागर लम्साल हुन्। सिनेमालाई एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन्। अफिसियल टिजर बुढा सुब्बा डिजिटलको आधिकारिक युट्युब च्यानलमा हेर्न सकिन्छ। टिजर हेर्नुहोस :

सम्बन्धित समाचारसबै