भोलि देखि प्रदशनमा आउने ‘अभिमन्यु : च्याप्टर १’ लाई बिराटनगरको सिटी सिनेमाले दियो सबै भन्दा धेरै शो

0 Shares

सिनेसुत्र, बिराटनगर- भोलि अर्थात असोज २८ गते (अक्टोबर १०) देखि देशव्यापी प्रदर्शनमा आउने बहुप्रतिक्षित सिनेमा ‘अभिमन्यु : च्याप्टर १’ लाई बिराटनगरस्थित मल्टिप्लेक्स हल सिटी सिनेमाले विशेष प्राथमिकता दिएको छ। देशका अधिकांश हलहरूले सीमित शो तय गरेको बेला सिटी सिनेमाले भने एकै दिन ५ शो दिएको छ। भोलिदेखि सिटी सिनेमामा ‘अभिमन्यु : च्याप्टर १’ का शो समय :थ्रिल-सस्पेन्स कथावस्तुले चर्चा बटुलिरहेको यो सिनेमा दर्शकको रोजाइमा पर्ने उच्च सम्भावना रहेको छ। पोस्टर र ट्रेलर सार्वजनिक भएयता बिराटनगरका दर्शकबाट आएको उत्साहजनक प्रतिक्रिया हेर्दा, सिटी सिनेमाले राखेको शो संख्या दर्शकको मागअनुसार सान्दर्भिक देखिन्छ।

सिनेमा टिमले बिराटनगरबाट प्राप्त यस समर्थनलाई अत्यन्त सकारात्मक संकेत का रूपमा लिएको छ। भोलिदेखि सुरु हुने प्रदर्शनपछि दर्शक प्रतिक्रियाले कस्तो प्रभाव पार्छ भन्ने हेर्न अझै बाँकी छ। यता बिराटनगरको अर्को हल सेन्ट्रल मल्टिप्लेक्सले भने ‘अभिमन्यु : च्याप्टर १’ लाई दुइ शो मात्र दिएका छन् ।सिनेमा ‘अभिमन्यु’लाई सुशान्त गौतम ले निर्देशन गरेका छन् भने मदन थापा क्रिएटिभ निर्देशक हुन्। मुकेश खनालको लेखन रहेको यस सिनेमाका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्। सह-निर्मातामा रमेश चौलागाईं र हरि श्रेष्ठ, कार्यकारी निर्माता विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन्।

लाइन प्रोड्युसरमा जीवन शाक्य, डिओपीमा शरद महतो, भिएफएक्समा मनोज श्रेष्ठ, रंग संयोजनमा जुनिम गहतराज र सम्पादनमा मदन घिमिरे को भूमिका महत्वपूर्ण रहेको छ। ‘अभिमन्यु : च्याप्टर १’ नेपाली र हिन्दी दुवै भाषामा, नेपालसहित विश्वभर प्रदर्शनमा आउँदैछ।

सम्बन्धित समाचारसबै