‘पीआर को चक्करले’ टाइटल गीत सार्वजनिक : शोभित बस्नेतको सिनेमा यहि शुक्रबारदेखि प्रदर्शन

0 Shares

सिनेसुत्र, बिराटनगर- निर्देशक शोभित बस्नेतको निर्देशनमा बनेको सिनेमा ‘पीआर’ को टाइटल गीत ‘पीआर को चक्करले’ सार्वजनिक भएको छ। यहीँ शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमाको उक्त टाइटल गीत रिलिज गरिएको हो। गीतको भिडियोमा आर ए सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी र आश्मा अधिकारीलाई देख्न सकिन्छ।

सार्वजनिक गीतमा मानस राजको संगीत, मानस राज र समिक्षा अधिकारीको स्वर र शोभित बस्नेतको कोरियोग्राफी रहेको छ। गीत सलोमा युट्युब च्यानलमार्फत हेर्न सकिन्छ। सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको सिनेमामा आर ए सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, मस्तानी डागी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स बाबु, कृष्ण थापा र नवीन घायल प्रमुख भूमिकामा छन्। त्यसैगरी विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम के.सी. र दिक्पाल कार्की देखिनेछन्।प्रेम, संघर्ष र आप्रवासनको संवेदनशील कथामा आधारित ‘पीआर’ को प्रस्तुति रञ्जित साह र सन्तोष तिवारीले गरेका हुन्। सिनेमाका निर्मातामा लक्ष्मण सापकोटा र प्रदीप दाहाल छन्। निर्माण पक्षका अनुसार सिनेमाले विदेश जाने नेपाली युवाको सपना, चुनौती र त्यसका पछाडिका सामाजिक यथार्थलाई मुख्य विषय बनाएको छ।

सिनेमाको सम्पादन बन्दे प्रसादले गरेका छन् भने लेखन गणेश बुढाथोकीको रहेको छ। छायांकन सौरभ सायमी र सौरभ लामाले गरेका छन्। वितरणको जिम्मा आर आर फिल्म्सले लिएको छ। गीत सार्वजनिकसँगै निर्देशक शोभित बस्नेतले सिनेमा दर्शकलाई रोमान्स, एक्सन र सामाजिक सन्देशको मिश्रण दिन सफल हुने विश्वास व्यक्त गरेका छन्। भिडियो हेर्नुहोस :

सम्बन्धित समाचारसबै