प्रभात-स्मारिकाको बिछोडदेखि विद्रोहको कथा : ‘मुगलान’को ट्रेलर आउट

0 Shares

सिनेसुत्र, बिराटनगर- आगामी पुष १० गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘मुगलान’को ट्रेलर रिलिज भएको छ। बिहिबार निर्माण टिमले युना डिजिटल युटुब च्यानलमार्फत रिलिज गरेको हो। ट्रेलरमा नेपाली युवालाई राजनीतिक चपेटामा पारेर परदेशिन बाध्य पारेको कथालाई प्रस्तुत गरिएको छ। कथाले विस.२०५२ सालपछिको सरकार र तत्कालिन बिद्रोही पक्षको चपेटामा परेका युवालाई मुगलान लखेटेको टिजरमा देख्न सकिन्छ।

मुखियाको रिण तिर्नका लागि मुगलान भाँसिएका प्रभात पाल फर्किएर आउँदा घर रिक्तो देख्छ। ताकी उसका बुबा आमा छैनन्। के भएर उनीहरु छैनन्,कसैले मारेकी कि या अपहरणमा पारियो भन्ने कुरा भने सिनेमा हलमा चलेपछि नै थाहा होला।ट्रेलरमा सिनेमा का मुख्य अभिनेता प्रभात पाल,अभिनेत्री स्मारिका ढकाल प्रेमी प्रेमिका रहेको र बिछोडको कथा पनि ट्रेलरमा देख्न सकिन्छ। प्रभात पाल,स्मारिका ढकालका अलवा टिजरमा रामचन्द्र अधिकारी,दिनेश डिसी,सविन बास्तोला,खबपु लगायतलाई देख्न सकिन्छ।

रिहान प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस सिनेमा मा अन्य कलाकार श्री शिवांशु, मोती सुबेदी,राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतमलाई पनि देख्न सकिन्छ। आशिष ढकालको लेखन तथा निर्देशनमा निर्माण भएको यो सिनेमा का निर्माता गोमन सिंह हुन्। सिनेमा को को–प्रोड्युसर रिता चौधरी हुन्।सिनेमा मा संगीत किरण भुषालले दिएका छन् भने गायनमा शान्तीश्री परियार,प्रताप दास, बेनिशा पौडेल,हरि गिरी (विमर्शी)को छ। गीत रचनामा आशिष ढकाल,सिर्जना लम्साल,हरि गिरी (विमर्शी) रहेका छन्। सिनेमा को वितरण आर आर फिल्मस्ले गर्दैछ। यस सिनेमा का ट्रेलर,टिजर तथा गीतलाई युना इन्टरटेन्टमेन्ट युटुब च्यानलमार्फत हेर्न सकिने निर्माण पक्षले जानकारी दिएको छ। ट्रेलर हेर्नुहोस :

सम्बन्धित समाचारसबै