0
Shares
सिनेसुत्र, बिराटनगर- नेपाल, अमेरिका र पोल्याण्डको संयुक्त निर्माणमा सिनेमा ‘शिरजरा – SONG OF GRANDMOTHER’ बन्ने भएको छ । सिनेमा निर्माणमा नेपालको किङ्गडम नेटवर्क, अमेरिकाको फ्याक्चर एलएलसी र पोल्याण्डको फिक्जा फिल्म्सले सहकार्य गर्ने भएका हुन् ।
विकास सुबेदीको लेखन तथा निर्देशन रहने सिनेमालाई सुवास भुषाल (नेपाल)ले निर्माण गर्नेछन् । सिनेमाको कार्यकारी निर्मातामा क्रिस बेरुटी (अमेरिका) रहेका छन् भने पोल्याण्डमा पोस्ट-प्रोडक्सनको काम हुने जनाइएको छ ।
मेटा-मोर्डन फिलोसोफिकल ड्रामा जनरामा निर्माण हुने जनाइए पनि सिनेमाको कथा भने खुलाइएको छैन । हाल प्रि-प्रोडक्सनको काम भइरहेको सिनेमाको छायांकन फेब्रुअरी २०२६ देखि सुरु हुनेछ । सिनेमाका कलाकार तथा प्राविधिकबारे केही दिनमा जानकारी दिइने निर्माता भुषालले जनाएका छन् ।