सिनेसुत्र, बिराटनगर- चकलेटी नायक आर्यन सिग्देलको नयाँ म्युजिकल सिनेमा ‘बानी’ आउँदैछ। उक्त सिनेमाको टिजर सार्वजनिक गरिएको छ। सोमबार ओएसआर डिजिटलबाट सार्वजनिक टिजरमा आर्यन फरक अवतारमा देखिएका छन्। सिनेमामा आर्यनसँगै करुणा श्रेष्ठको पनि अभिनय रहेको छ।
‘बानी’मा नेपालको एक युवा र सिक्कीमकी एक युवतीबीचको बियोगान्त कथा देख्न सकिन्छ। भिडिओमा नेपालको युवाको भूमिकामा आर्यन देखिएका छन् भने उनको सिक्कीमकी युवती करुणा श्रेष्ठसँग प्रेम बस्छ। प्रेमपछि आउने उतार–चढावलाई रोचक ढंगबाट प्रस्तुत गरिएको छ। ‘बानी’का यसअघि दुई पोस्टर सार्वजनिक भइसकेका छन्। ती दुई पोस्टरमा आर्यनलाई एंग्री ब्वाई र लभर ब्वाई—दुवै क्यारेक्टरमा प्रस्तुत गरिएको छ।
सिनेमामा दिनेश क्षेत्रीको शब्द, संगीत र स्वर रहेको छ। भिडिओ कन्सेप्ट नै दिनेशको हो। भिडिओका संवाद दिनेश क्षेत्रीसँगै केशव भट्टराईले लेखेका हुन्। भिडिओमा आर्यन र करुणासँगै सबिन कट्टेल र सुस्मिता श्रेष्ठको पनि अभिनय देख्न पाइनेछ। उत्सव दाहालको छायांकन रहेको भिडिओलाई विकास दाहालले सम्पादन गरिरहेका छन्। भिडिओको निर्देशन भने सुब्रत आचार्यले गरेका हुन्। यो सिनेमा यही पुस १० गते रिलिज हुने तयारीमा छ। टिजर हेर्नुहोस :