“बर एण्ड बधु” को पहिलो गीत ‘सिरी सिरी हावा’ सार्वजनिक, वधुको ग्ल्यामरस अवतार

0 Shares

सिनेसुत्र, बिराटनगर-  सिनेमा ‘बर एण्ड बधु’ को बहुप्रतीक्षित गीत ‘ ‘सिरी सिरी हावा’ सार्वजनिक भएको छ। गायक सुगम पोखरेल र गायिका नेहा करोडेको आवाजमा सजिएको छ।

‘सिरी सिरी हावा’ गीतमा नरेश भट्टराईका रहेको छ भने युग भुषालको संगीतले यसलाई थप संगीतमय बनाएको छ। मुम्बईस्थित युफोनी स्टुडियोमा रेकर्ड गरिएको यो गीतको उत्पादन, मिक्सिङ, र मास्टरिङ रूप महन्ताले गरेका हुन्।

सिनेमा ‘बर एण्ड बधु’ भदौ १४ गते देखि सिनेमा हलहरूमा प्रदर्शनमा आउने तयारीमा छ। मिलन चाम्सको निर्देशनमा बनेको यस सिनेमामा बिबेक कर्माचार्य र आञ्चल शर्माले प्रमुख भूमिका निर्वाह गरेका छन्। बिबेक कर्माचार्यले यसै सिनेमाबाट नेपाली सिने क्षेत्रमा डेब्यू गर्दैछन् भने आञ्चल शर्माको अभिनयले ठूलो अपेक्षा बटुलिरहेको छ।

अन्य कलाकारहरूमा विजय लामा, गरिमा शर्मा, किरण केसी, सरिता लामिछाने, र कुशुम शर्मा रहेका छन, भने छायांकनको जिम्मेवारी रविन्द्र न्यौपाने र अनिश श्याङ्देनले सम्हालेका छन्।

चलचित्रको सम्पादन मिलन श्रेष्ठले गरेका छन्, जसले धेरै सफल सिनेमाहरूमा काम गरिसकेका छन्। संगीत क्रिस्टोफर हिर्न, जोन मासन्ड र अलिश कार्कीले तयार पारेका हुन्।
सिनेमा लाइ FD Company, Rich Entertainment, र Apple Entertainment ले वितरण गर्दैछन्। अब हेर्न बाँकी छ, ‘बर एण्ड बधु’ ले नेपाली दर्शकको मनमा कति गहिरो प्रभाव पार्छ।

सम्बन्धित समाचारसबै